चाँगुनारायण । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा मानिस मृत फेला परेका छन् ।
सुडालको गुम्वा नजिक ५० बर्षको मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोप्टो अवस्थामा फेला परेका मृतक सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका १ बस्ने बर्ष ५० को भुवन कार्की हुन् ।
उनको मृत्युको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ साथै उनको शव पोष्ट मार्टमकालागी भक्तपुर अस्पतालमा राखिएको छ ।