भक्तपुर । भक्तपुर नगर ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ईजीपाईनियरले पाएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजना र सामुहिक साकोसको सह आयोजनामा भएको भक्तपुर नगर ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतिया्गिताको उपाधि ईजीपाईनियरले उचालेको हो । यस्तै दोस्रोे मेघा, तेस्रो क्रियटिभ र चौंथो सनसाईन हुन् सफल भएका थिए ।
असोज ३ गते बुधबार देखि सुरु भएको प्रतियोगितामा ३२ विद्यालयले भाग लिएका थिए ।
सहभागी विद्यालयमा लिशा, खोप्रिङ्ग, रोम्बस, मनकामना, जेन्यूइन, गोल्डेन गेट, बासु मा.वि., जेनिथ, प्रोवेश, राजर्सी गुरुकुल, ग्यान टारा, ब्राईट स्टार, शारदा, ईस्ट पौइन्ट, लिटल वल्र्ड, हिमालयन ग्लौरी, सेक्रेट हार्ट, प्रोक्सिमा, क्रियटिभ, सूर्योदय, प्रभात, अक्सफोर्ड , मेधा, सैनिक आवासीय, एभरेष्ट, हिमालयन, ईजी पाईनियर, श्री पद्म, महेन्द्र विद्या आश्रम, पारागन, सनसाईन र माउण्ट भ्याली गरी जम्मा ३२ वटा विद्यालय सहभागी भएका थिए ।
असोज ३ गते बुधबार शुरु भएको उक्त प्रतियोगितामा प्रत्येक समूहबाट विजयी तथा उप विजयी प्रतियोगी विद्यालयलाई सेमिफाइनल चरणमा छनौट गरिएको थियो । सेमिफाइनल राउण्डमा सेक्रेट हार्ट, प्रोक्सिमा, क्रियटिभ, सूर्योदय, प्रभात, अक्सफोर्ड, मेधा, सैनिक आवासीय, एभरेष्ट, हिमालयन, ईजी पाईनियर, श्री पद्म, महेन्द्र विद्या आश्रम, पारागन, सनसाईन र माउण्ट भ्याली छनौट भएका थिए ।
त्यस्तै शनिवार सम्पन्न सेमिफाईनल प्रतियोगितामा समूह क बाट क्रियटिभ ईङ्गलिश स्कूल, समूह ख बाट मेधा मा.वि., समूह ग बाट ईजी पाईनियर र समुह घ बाट सनसाईन छनौट भएका थिए भने उक्त चार विद्यालयबीच भएको फाइनल राउण्डमा सबैलाई हराएर ईजी पाईनियर प्रथम हुन सफल भएको थियो ।
फाइनल राउण्ड पश्चात विजयी विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कार वितरणको कार्यक्रमको उद्घाटन गर्दै त्रि.वि.का पूर्व उपकूलपति प्राचार्य श्री पृथु चरण वैद्यले विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा पाठ्य पुस्कतका विषय बस्तु पढाउनु मात्र नभई अतिरित्त क्रियाकलाप सम्विन्ध पनि ज्ञान दिन आवश्यक भएको बताउनुभयो । उहाँले यदि आजका विद्यार्थीलाई पाठ्य पुस्तकको भरमा मात्र छोड्ने हो भने उ लाटो सरह हुने बताउँदै विद्यार्थीलाई पनि अतिरिक्त क्रियाकलाप सामान्य ज्ञान तथा पत्रपत्रिका पढन सुझाव दिनु भएको थियो ।
कार्यक्रममा प्राकृतिक सम्पदा नेपालका अध्यक्ष तथा सभापति श्री जयराम खाइजू, प्याब्सनका उपाध्यक्ष श्री रमेश चन्द्र श्रेष्ठ, ईसानका अध्यक्ष श्री प्रेमजङ थापा, सामुहिक साकोसका अध्यक्ष कृष्ण प्रसाद दुवाल, ग्लोबल लाईफ स्कूलका प्रिन्सिपल रमेश सुवाल, भक्तपुर एफ.एम. का प्रतिनिधि श्री धनेशराज राजोपाध्याय लगायतका पाहुनाले विद्यार्थीको सर्वङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलापको ठुलो महत्व रहेको बताउनुभएको थियो ।
कार्यक्रममा विजयी विद्यार्थी तथा विद्यालयलाई पुरस्कारका लागि डि आइकन रेष्टुरेन्टबाट छुट कुपन, प्लानेट वल्र्डबाट टि–सर्ट, के.एन.बी.बी. ह्यान्डीक्राफ्टबाट विजयी विद्यालयको लागि ह्यान्डिक्राफ्ट शिल्ड, हाडा आईसक्रिमबाट आईसक्रिम, सी.डि.एन.बाट कुपन तथा अन्य उपहारहरु प्रदान गरिएको थियो ।
विजयीहरुलाई पुरस्कार यस प्रकार रहेको थियो
प्रथम
१) डि आइकन रेष्टुरेन्टको २० प्रतिशत छुट कार्ड
२) टि–शर्ट
३) २ सेट रजिष्टर बुक
४) गोल्ड मेडल तथा हस्तकलाको शिल्ड
५) आईस क्रिम
६) आकर्षक उपहारहरु
७) CDN बाट कुपन
द्वितीय
१) डि आइकन रेष्टुरेन्टको १५ प्रतिशत छुट कार्ड
२) टि–शर्ट
३) १ सेट रजिष्टर बुक
४) सिल्भर मेडल तथा हस्तकलाको शिल्ड
५) आईस क्रिम
६) आकर्षक उपहारहरु
७) CDN बाट कुपन
तृतीय
१) टि–शर्ट
२) १ सेट रजिष्टर बुक
३) ब्रोन्ज मेडल तथा हस्तकलाको शिल्ड
४) आईस क्रिम
५) आकर्षक उपहारहरु
६) CDN बाट कुपन
सान्त्वना
१) टि–शर्ट
२) हस्तकलाको शिल्ड
३) आकर्षक उपहारहरु
४) CDNबाट कुपन
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ग्लोबल लाईफ स्कूल, स्क्रिन प्रिन्टर्स जोशी, coretec ईन्जिनियरिङ्ग, एस.बी.एस., सुसिम ईन्टरप्राईजेज, सहरा केयर, डिजिटल प्रिन्टलिंक, हाडा आईसक्रीम, डि आइकन रेष्टुरेन्ट, युवा स्टेशनरी, विशाल एभरेष्ट मःमः, एच.डि कपी उद्योग, गोर्खा ईको प्यानल, ह्यापी केक्स एण्ड बेकरी, के.एन.बी.बी. ह्याण्डीक्राफ्ट, मयुर प्रिन्ट, भक्तपुर एफ.एम., संवाहक मिडिया हाउस(www.sambahak.com) , त्रिपुरा न्यूजले सहयोग गरेका थिए ।
Organizers
Jaya Ram Khaiju, NHN, President
Nabin Narayan Munankarmi, Secretary NHN, Program Coordinator
ShovaDhaubanjar, NHN, Treasurer
Krishna Prasad Prajapati, Member, NHN
LaxmiGopalPrajapati, Member, NHN
Parmeshor Joshi, Member, NHN
Bishnu Prasad Khaiju, Member, NHN
Krishna Prasad Duwal, President, Samuhik SACCOS
KabindraDhaubandar, Manager, Samuhik SACCOS
DhaneshrajRajopadhyaya, Secretary, Samuhik SACCOS
Bala Ram Bhuju, Executive member, Samuhik SACCOS