भक्तपुर औघोगिक क्षेत्रमा भाडाका उद्योग –२

1944

भक्तपुर ।
औद्योगिक निती अनुसार कुनै पनि उद्योगीले आफूले संचालनको अनुमती लिएको उद्योग आफैले संचालन गर्नु पर्ने हो तर भक्तपुरमा भने ठिक उल्टो आफ्नो नाममा भएको उद्योग अरुलाई भाडामा दिदै आफू विचौलियाको काम गर्ने उद्योगीहरु बढेका छन् ।
औद्योगीक क्षेत्रमा कम शुल्कमा भाडामा लिएका जमिन बढि मुल्यमा अरुलाई भाडामा लगाउँदै कमिसन खान पल्केका ब्यवसायीले गर्दा भक्तपुर औद्योगिक क्षेत्रमा करोडौंको कर छलि हुँदै आएको छ ।
को को छन् त यस्तो भाडामा लगाउने ब्यवसायी
औद्योगीक क्षेत्रका कोषाध्यक्षकी श्रीमती बन्दना शुक्लाको नाममा रहेको स्थान तीन वटा अन्य उद्योगलाई भाडामा दिदैँ महिनाको ६० देखि ७० हजार कमिसन खाने तर सरकारलाई भने बर्षको जम्मा एक रोपनी बराबर १० हजार ६ सय रुपैंया तिर्ने गरेको स्रोतले जनाएको छ ।( औद्योगिक क्षेत्रमा प्रति रोपनी जमिनको भाडा १० हजार ६ सय प्रति बर्ष रहेको छ )
स्रोतका अनुसार उनको नाममा भएको उद्योग आफूले सँचालन नगरी अरुलाई भाडामा दिदै महिनाको लाखौ रुपैया असुल गर्ने गरेको एक उदाहरण मात्र हो ।
नीज बन्दना सुक्लाका पती सुरेस कुमार सुक्ला उद्योगिक क्षेत्रका कोषाध्यक्ष जो उद्योग चलाउन भन्दा पनि औद्योगिक क्षेत्रको जग्गा किन बेच गराउने उनको अर्को काम हो । उद्योगका लागि भनी छुट्याएको जमिन खरिद विक्री गराउन पाइन्न र अरुलाई भाडामा दिन पनि पाईन्न तर उनीहरुले यसो गर्दै मोटो रकम कमाई गरि सरकारलाई कर छलि गर्दै औद्योगिक क्षेत्र नै धारासाही गराउने काम गरि आएका छन् ।
यस्तै अर्का नाम मात्रका ब्यवसायी नेपाल भारत मैत्री संघका महासचिव ,साना तथा मझैला ब्यवसायी संघका महासचिव समेत रहेका सुमन सुवाल आफ्नो कारखानाको जग्गा तथा घर भारतीय नागरिकलाई प्रति महिना तीन लाखका दरले भाडामा लगाउँदै आएका छन् । आफ्नो नाममा दर्ता भएको वा भाडामा लिएको औधोगिक क्षेत्रको जग्गा आफूले भोगचलन गर्न नसके अरु उद्योगिलाई छोड्नु पर्नेमा भाडामा लगाएर कमिसन मात्र खाएर आफू उद्योगीको ढोङ देखाउने गरेका छन् ।
यस्तै अर्का उद्योगी दिपक तुलाधर भाडामा लिएको उद्योग संचलन नगरी भएको उद्योगलाई दुई जना मानिस राखेर ठेक्कामा चलाउन दिएका छन् । उनको टेक्सटाइलको कारखाना आफूले संचालन नगरी अरुलाई चलाउने दिन कानुनत अवैधानीक प्रक्रिया भएपनि उनले अरुलाइनै उद्योग ठेक्कामा दिदै आफु बसी बसी कमिसन खाई रहेका छन् ।
नेपालमा उद्योगको विकास भएन उद्योगीलाई विभिन्न सुविधा दिईएन भनी नारा लगाउने, हडताल गर्ने तर आफ्ना उद्योग भने भारतीय नागरिकलाई भाडामा दिदै आफू भने कमिसन मात्र खाने र कर छलि गर्ने उद्योगीको संख्यामा बृद्दि भएको देखिन्छ ।
यस विषयमा भक्तपुर औद्योगिक ब्यवस्थापन कार्यालय संग बुझदा उनीहरुलाई कति उद्योग औद्योगिक क्षेत्रमा संचालन समेत रहेको थाहा नभएको जनाएका छन् । कति भाडा तिर्छन् त उद्योगिले भन्दा कहिले विजुलिको विल देखाउने त कहिले के भन्दै उनीहरुले टार्ने काम गरेका थिए । भक्तपुरमा औद्योगिक क्षेत्रमा भएको चलखेल र भाडामा लगाईएका उद्योगको विषयमा सोध्धा आफूहरुलाई यस विषयमा थाहा नभएको जनाउँदै कर्मचारीहरु पन्छिए । उनीहरुले भने महालेखा परिक्षकको कार्यालयले यस विषयमा भने पछि हामी अनुगमन गर्दछौं ।
यसरी सरकारी काम कहिले जाला घामको पाराले चलेको उद्योग ब्यवस्थापन कार्यालय र ठग ब्यवसायीका कारण भक्तपुर औद्योगिक क्षेत्र दिन प्रति दिन धारासायी हुदै गएको छ ।
ठग ब्यवसायी र काम चोर कर्मचारीका कारण पनि भक्तपुर औद्योगिक क्षेत्र हाल भाडाको टट्टुको रुपमा परिण भएको स्थानिय बासिन्दाको आरोप रहेको छ ।
भारतिय नागरिकलाई भाडामा लगाउने तथा नेपालको औद्योगिक निती अनुसार कुनै पनि विदेशी मानिसलाई काममा राख्नु पूर्व ईजाजत लिनु पर्ने भएपनि भक्तपुर औद्योगिक क्षेत्रमा भने कसैले पनि ईजाजत त परै जावस उद्योग नै उनीहरुलाई सुम्पेर आफु विचौलियाको भाडा खाँदै बसेको छन् ।

भक्तपुर औघोगिक क्षेत्रमा चलखेल , भाग १