करियरका स्काउटको दिक्षा

228

काठमाडौं । करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) पेप्सीकोला टाउनप्लानिंग अन्र्तगको करियर स्काउट ट्रुपमा आवद्ध स्काउटहरुलाई दिक्षा दिनुका साथै विभिन्न तह उतिर्ण गरेका स्काउटलाई तहगत व्यायज प्रदान गरिएको छ ।

करियर स्कूलका संस्थापक अध्यक्ष तेज श्रेष्ठ, करियर स्काउट ट्रुप इकाई समितिका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल हेम राई र स्काउट गुरु शरण महर्जनले नयाँ स्काउटलाई दिक्षा दिनुका साथै विभिन्न तहको तालीम पुरा गरेका स्काउटलाई तहगत ब्यायज दिएका थिए ।

४ वर्षअघिदेखि स्काउट गुरु बलराम प्यासी र शरण महर्जनद्वारा सञ्चालित करियर स्काउट ट्रुपबाट यसपटक १६ जनाले सदस्यता, १४ जनाले बिपि पिक ब्यायज र १२ जनाले अन्नपूर्ण ब्यायज पाएका छन् ।