बालिका बलात्कार गर्ने ५ जनालाई १० वर्ष जेल सजाय

286

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ काे एक १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालतले मंगलबार १० वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ। 

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो।

दण्ड सजाय पाउने चारै जनाको उमेर १५ देखि १८ वर्ष रहेको छ। १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ।

१५ वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो। 

विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।

बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो।

एक जना अझै फरार रहेका छन्। रासस

 

Source link