ग्रेट, गंगा सागर एकिकृत

534

काठमाण्डौं । ग्रेट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गंगा सागर बहुउद्देशीय सहकारी संस्था लिमिटेड एक भएका छन् । काठमाण्डौं महानगरपालिका वडा नम्वर ३२ मा रहेको ग्रेट सहकारी र भक्तपुर नगरपालिका वडा नम्वर १ सल्लाघारीमा अवस्थित गंगा सागर एकिकृत भएका हुन् ।
दुवै सहकारी एकिकरण पश्चात ग्रेट गंगा सागर बचत तथा ऋण सहकारी संस्थाका रुपमा कारोवार गरिरहेको सहकारीका अध्यक्ष उत्तर बहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई सहकारी एक भएर छौं अव हाम्रो सेवा पुरानो बानेश्वरमा संस्थाको केन्द्र रहँदै काठमाण्डौंकै तिनकुने , कोटेश्वर र भक्तपुरको सल्लाघारीमा पनि आफूहरुले शाखाका रुपमा सेवा दिदै आएको समेत जानकारी दिनुभयो ।
यस संस्थालाई बृहत रुपमा अगाडि बढाउन समय सापेक्ष नयाँ नयाँ प्रविधिहरु राखी सदस्यलाई छिटो र छरितो सेवा दिन दुई सहकारी एक भएको उहाँको भनाई थियो ।
विभिन्न क्षेत्रमा काम गर्न सहजताको लागि तथा सहकारीको विकास र विस्तारकालागि अवको समयमा एक्लै रहेर काम गर्नु भन्दा विभिन्न सहकारी एक हुनु आवश्यक भएको तामाङ बताउनुहुन्छ ।