भक्तपुर । विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमीले २०७४ सालको एसईई पूरक परीक्षामा अनिवार्य गणित विषयमा डि या इ ल्याएका तथा मानवीकि विषय पढ्न चाहने विद्यार्थीहरूका लागि यसै शैक्षिक सत्रदेखि पत्रकारिता र ग्रामिण विकास विषयको पढाई शुरु गर्ने भएको छ ।
शिक्षाको अवसरबाट कुनै पनि विद्यार्थी बञ्चित हुन नपरोस् भनेर तथा पत्रकारिता र ग्रामीण विकासका क्षेत्रमा सशक्त रूपमा आजका युवा पुस्तालाई सहभागी गराउन ती दुई विषयको पढाई शुरु गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताए ।
हाल विनायक शिक्षामा होटेल म्यानेजमेण्ट विषयसहित व्यवस्थापन विषयमा कक्षा ११ र १२ मा अध्यापन शुरु भईराखेको विद्यालय प्रशासनले जनाएको छ ।