किसान आन्दोलन
भारतमा मोदी सरकारले लगाएको कर र खाद्यान्नको मूल्यका सन्दर्भमा भारतीय किसानहरुले उत्तर प्रदेशदेखि दिल्लीसम्म किसान क्रान्ति पदयात्रा गरे। गान्धी दिवसका अवसरमा दिल्ली पुगेर आफ्नो यात्रा सकाउने लक्ष्य लिएका ३० हजार किसनाहरुलार्इ प्रहरीले बीच बाटोमा रोक्यो। किसान र प्रहरीबीच झडप भयो। प्रहरीले किसानमाथि पानीको फोहोरा,लठ्ठी, टियर ग्याँस प्रहार गरे। तर पनि किसानहरु आफ्नो स्थानबाट पछि हटेनन्। मध्य रातमा बाध्य भएर सरकार पछि हट्यो र किसानहरुलार्इ दिल्ली प्रवेशको अनुमति दियो।
अन्तत: किसान घाट पुगेर किसानहरुले आफ्नो पदयात्रा समाप्त गरे। पदयात्रामा आएका किसनाहरुले दिल्ली छोडेर गएपनि उनीहरुले आफ्नो आन्दोलन जारी रहने बताए। शान्तिपूर्ण प्रदर्शनीका क्रममा सरकारले गरेको हस्तक्षेपले मोदी सरकार किसानहरु प्रति संवेदनशिल नरहेको प्रस्त भएको किसान संगठनहरुले बताएका छन्। विपक्षी दलहरुले पनि किसान प्रति सरकारले गरेको दमनके विरोध गरेका छन्।
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार
सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ र बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टरलार्इ प्रदान गरिने भएको छ। जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो।
आप्रवासी पक्राउ![]()
टर्कीको राजधानी इस्तानबुलमा एउटा सानो ट्रकमा सवार रहेका ४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासीलाई टर्कीज प्रहरीले पक्राउ गरेको छ। शरणार्थीले भरिएको बागसिलार जिल्लामा एक सवारी साधनमा आएका उनीहरुलार्इ पक्राउ गरिएको जनाइएको छ।।
पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ
मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले पक्राउ गरेको हो। उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोपमा केही हप्ता अघि पक्राउ गरिएको थियो।
हवाई कारबाही
अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतंककारी समूहका पाँच सदस्य मारिएका छन्। सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो। सो जिल्लाको दुर्गम इलाकामा आतंककारीहरुको उपस्थिति रहेको भन्ने गुप्तचर निकायको सूचना प्राप्त भएपछि सो कारबाही भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
कर छलीको परिणाम
चीनकी प्रसिद्ध अभिनेतृ फान बिङबिङलाई कर छलीको अभियोगमा करीब १३ करोड डलर जरिवाना तिर्न आदेश दिइएको छ। चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्ये पर्ने फानले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्नुपर्ने छैन। फानले आदेश पालना गर्ने प्रतिक्रिया दिएकी छिन्।
तस्विर: BBC/ XINHUA/AP/AFP/ANADOLU/MARINECROPS







































