फेकोफनद्दारा केन्द्रिय र प्रदेश सदस्य सम्मानित

374

भक्तपुर । सामुदायिक वन उपभोक्ता जिल्ला महांसंघ (फेकोफन)द्दारा केन्द्रिय र प्रदेश सदस्य सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुरबाट केन्द्रिय सदस्यमा विजयी हुनु भएका रामेश्वर बोहरा , प्रदेश नंम्वर ३ मा सचिव विजयी हुनु भएका सुमन थापा , प्रदेश सदस्यहरु देवकी श्रेष्ठ र अञ्जना नेपालीलाई सम्मान गरेको हो ।

जिल्लाबाट नै फेकोफनबाट पहिलो पटक केन्द्रिय सदस्य हुनु भएका बोहरा, प्रदेश सचिव थापा सदस्यहरु श्रेष्ठ र नेपालीलाई सम्मान गर्दै फेकोफन भक्तपुरका संस्थापक अध्यक्ष रामेश्वर थापाले उहाँहरुलाई सफल कार्यकालको शुभकामन दिनुभएको थियो । उहाँहरुलाई सम्मान गर्दै उहाँले भक्तपुरमा सामुदायिक वन संरक्षण एवं सम्र्वधनको लागि सवै एक जुट हुन आवश्यक भएको समेत बताउनुभयो ।

उहाँले हरियाली प्रर्वधन गर्न एवं सामुदायिक वनका माध्यमबाट हरियो वन जोगाउन सकेमात्र सवैलाई स्वस्थ राख्न सकिने भएका कारण सवैले मिलेर हरियाली प्रर्वधनको लागि साथ र सहयोगको आवश्यक भएको बताउनुभएको थियो ।


यस्तै कार्यक्रममा फेकोफनका केन्द्रिय सदस्य रामेश्वर बोहराले सामुदायिक वन संरक्षणमा अव नयाँ वृक्षरोपण, वन संरक्षणमा केन्द्रित रहेर समुदायमा तालिम एवं जनचेतनाका कार्यक्रमको आवश्यकता भएको बताउनुभयो ।

सामुदायिक वनको संरक्षणका लागि राचार्ज पोखरीको आवश्यकता भएको प्रदेश नम्वर ३ का सचिब सुमन थापाले बताउनुभएको थियो । वर्षाको पानी जम्मा गर्ने रिचार्ज पोखरी निर्माण गर्न सके सुख्खा मौसममा पनि वन क्षेत्रमा हरियाली कायम गर्न एवं जनावरहरुलाई खानेपानीको ब्यवस्था गर्न रिचार्ज पोखरीको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रमको साभापतित्व गर्नु भएकी जिल्ला अध्यक्ष पार्वती नगरकोटीले केन्द्रिय सदस्य एवं प्रदेश सचिव सदस्यहरुलाई बधाई दिनु भएको थियो । आफू पनि नयाँ निर्वाचन बाट अध्यक्षका रुपमा आउनु भएकी उहाँले भक्तपुरमा सामुदायिक वनमा भएका समस्या समाधान गर्न आफ्नो कमिटि जस्तो पनि काम गर्न तयार भएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघको काठमाण्डौंमा असोज १५ गते देखि १७ गते सम्मा केन्द्रिय महाधिवेशन चलेको थियो ।