जुवा सेटिङ मिलाउने डिएस पि घुस सहित रंगेहात पक्राउ

419

काठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
डिएसपी राईलाई शनिबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले पुष्टि गरे।

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
जुवामा सेटिङ मिलाएर जुवाखाललाई बैधता दिदै मोटो रकम कमाउँदै आएका उनको सेटिङमा खेलाउँदै गरेको जुवा खालमा हिजो राती छापा मार्दा दुई जनाले छतबाट हामफाली मृत्यु भएको थियो ।
अवैध धन्दा गर्दै जुवा तास खेलाउने र जुवाडेहरुको संरक्षण गर्दै मोटो रकम लिने गरेका उनी माथी थप अनुसन्धान गर्नु पर्ने अख्तियारले जनाएको छ ।
पछिल्लो समय मिन क्यासिनोका रुपमा उपत्यका र काभ्रे लगाएतका स्थानमा जुवा तास खेल्ने तथा खेलाउने संख्या वृद्दि भएको छ ।
प्रति खाल बापत एक लाख देखि ५ लाख सम्म महिनाको रकम बुझने र सेटिङमा जुवा खेल्न छुट प्रहरीले नै दिदै आएको यसको जालो उच्च प्रहरी अधिकृत सम्म रहेको छ ।