दृष्टिविहिन कलाकार आमात्यलाई सम्मान गरिने

355

भक्तपुर । अनन्तलिङ्गेश्वर खेलकुद क्लबले दृष्टिविहिन कलाकार ईश्वर आमात्यलाई नगदसहित सम्मान गर्ने भएको छ ।

उनलाई छठ पर्व (कार्तिक २७) को अवसरमा विजयादशमी, दिपावली, नेपाल सम्बतलाई विदाइ गदै आयोजना गरिने साँस्कृतिक कार्यक्रममा सम्मान गरिने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका संरक्षक रवी राणाले कलाकार देशका गहना हुन् भन्ने अवधारणका साथ अमात्यलाई सम्मान गर्न लागिएको जानकारी दिए ।
क्लबका अध्यक्ष दिपेश श्रेष्ठले यसवर्ष मात्र नभई हरेक वर्ष क्लवले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारीमसेत दिए ।

“कलाकार राष्ट्रका गहना हुन् कलाकारलाई सम्मान गरौं” भन्ने नाराका साथ आमात्य र साथै अन्य कलाकारहरुलाई पनि मायाको चिनो वितरण गरिने बताइएको छ ।

कार्यक्रम भक्तपुरको बालकोट चोकमा हुनेछ । कार्यक्रममा विभिन्न ब्यान्ड तथा अनिल सिंह तथा अरु कलाकारको पनि उपस्थिति रहेने जानकारी पनि क्लबले दिएको छ । क्लवले अघिल्लो बर्ष गायक बुद्दिकृष्ण लामिछानेलाई सम्मान गरेको छ ।