कांग्रेस सभापतिद्वारा स्वास्थ शिविर निरीक्षण

468

धनकुटा ।
Aloha Medical Mission,Hawai,USA को सहयोग र पुर्व माननीय तथा नेपाली कांग्रेस धनकुटाका पुर्व सभापति मनोहर नारायण श्रेष्ठको विशेष पहलमा विगत एक हप्तादेखि संचालन भैरहेको स्वास्थ शिविरको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति अग्नि प्रसाद पौडेल नेतृत्वको टोलिले निरीक्षण गरेको छ।

स्वस्थ्य शिविर संञ्चालन भएदेखि हाल सम्म करिव ८०० जना विरामिले समान्य देखि जटिल सम्मको सल्यक्रियाको लाभ लिई सकेका नेपाली काँग्रेस जिल्ला सदस्य एवं शिविर सञ्चालन समितिका संयोजक रोशेस श्रेष्ठले जानकारी दिनुभयो ।
ृगरिव तथा निम्नवर्ग लाई लक्ष्यित गरि बिगत ५ बर्षदेखि निरन्तर स्वास्थ शिविर संन्चालन गरि आएका छौ पुर्व माननीय श्रेष्ठले जानकारी दिनुभयो ।


३३ जना अमेरिकी तथा १२ जना नेपाली विशेषज्ञको टोलिले दात, पायल्स ,पाठेघर लागायतका विभिन्न रोग सम्बन्धि सेवा तथा सफल सल्यक्रिया गरिरहेको र करीब २००० बिरामीलाइ उपचार गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ।
निरीक्षण टोलिमा पौडेल सगै धनकुटा कांग्रेसका जिल्ला सदस्य निर्मल ओझा,पुर्व जिल्ला सदस्य गजेन्द्र प्रसाद पौडेल,तरुण दल धनकुटा क्षेत्र न।२ क्षेत्रीय सभापति तिलक महत, शिक्षक तथा बुद्धिजिवि राजन पौडेल, नेविसंघका नेपाल इन्जिनियरिङ कलेज सभापती क्रान्ति राज पौडेल तथा बिद्यार्थी नेता परिवर्तन राज पौडेलको सहभागिता थियो।
शिविरले गर्दा दुरदराजको समान्य नागरिकको स्वास्थमा पहुँच पुगेको महसुस आफुले गरेको नेविसंघ नेता परिवर्तन राज पौडेलले बताउनुभयो।