भक्तपुर । भक्तपुर क्याम्पसमा घाटाको नकली कागज देखाएर क्याम्पस प्रसाशनले विना सुचना,विना निर्णय एकलौटि रुपमा चर्को शुल्क वृद्धि गरेको छ ।
विद्यार्थीहरुको भर्नाको समयलाई मध्यनजर गरि क्याम्पसमा विदाको समयमा कतै सूचना नगरि गैरजिम्मेवारी पूर्ण कार्य गरि विद्यार्थीहरुसंग पैसा उठाउदै आईरहेका छन् । शुल्क वृद्धि गर्न कुनै निर्णय नै नगरि क्याम्पस प्रमुखले मौखिक निर्णयको भरमा विद्यार्थी सँग शुल्क असुल्दै आएका छन् ।
भक्तपुर क्याम्पसमा संञ्चालित विविए कार्यक्रमा पूर्व जानकारी वेगर नै विद्यार्थीको शुल्क वृद्धि गरेको हो । कलेजले विद्यार्थीहरुलाई पूर्व जानकारी वेगर एवं अनैतिक रुपमा २५ हजार थप शुल्क उठएको हो ।
क्याम्पसको लेखापरीक्षणको पारम्भिक २०७२– ७३ हिसाबमा मात्र हेर्दा एक बर्षमा खुद नाफा ४३ लाख भन्कदा बढि देखिन्छ । एक वर्षमा नाफा ४३ लाख हुने कलेजमा पुरा सेमेस्टर सक्दा ७५ लाख खुद नाफा देखिएको छ । तर कलेज प्रशासनले भने विवियमा घाटा भयो भनि झुठा कुरा गर्दै विद्यार्थीसंग अवैधानिक रुपमा पैसा उठाउदै आईरको विद्यार्थीहरु बताउँछन् ।
क्याम्पसमा यस्तो खालको अनियमिता रोक्नको लागी नेपाल क्रान्तिकारी विद्यार्थीसंघले आन्दोलन गर्दै आईरहको छ । क्याम्पसमा आर्थिक अनियमिता भएकै कारणले लेखापरिक्षण समेत कलेजले लुकाएको उनीहरुको आरोप रहेको छ । कलजको हिसाव विद्यार्थीहरुलाई देखाउनै नहुन भन्ने त छँदै छैन तर हिसाव दिनु हुँदैन भनी क्याम्पस प्रमुखले लुकाउनु चरम भ्रष्टाचारको उपज भएको नेक्राविसंघले जनाएको छ ।
थेसिसमा चरम भ्रष्टाचार विद्यार्थीसंग उठएको पैसा प्राध्यापकहरुको व्यक्तिगत खातामा
विद्यार्थीले तिरेको पैसा कुनै व्यक्तिको नाममा जम्मा गर्नु के यो भ्रष्टाचार होईन र ? क्याम्पसको सूचाना पाटिमा प्राध्यापकहरुको व्यक्तिगत खातामा रकम जम्मा गर्न विद्यार्थीलाई सुचित गर्दै सूचना टाँस नै गरि खुलेयाम रुपमा भक्तपुर क्याम्पसमा भ्रष्टाचार भई रहेको छ । प्राध्यापकहरुको नाममा रहेको ब्यक्तिगत खाता नै हाल सम्म पनि सञ्चालन भई रहेको छ ।
उनीहरुले ब्यक्तिगत प्रयोजनका लागि कलेजको पैसा चलाउँदै कलेजलाई भने शिक्षाको थालो नभई कमाई खाने र कलेजलाई खोक्रो बनाउने खेल भई रहेको विद्यार्थीहरुको आरोप रहेको छ ।
विद्यार्थीहरु थेसिस पेपरलागी कलेजमा जम्मा गर्नु पर्ने पैसा प्रध्यापकको खातामा जम्मा गराउँनु मात्र नभई उक्त पैसाको कलेजले कुनै विल भौचर नदिँदा विद्यार्थीका कति पैसा जम्म भयो कलेज आफैलाई थाहा छैन् ।
थेसिसको हिसाव क्याम्पसको कुनै लिखत दस्तावेजमा रेकड छैन् यसलाई नै आधार बनाउँदै कलेजमा विद्यार्थीलाई ठगी गरिँदै आएको उनीहरुको आरोप छ ।
क्याम्पस प्रसाशले नै थेसिसको पैसा क्याम्पस प्रमुखाको नाममा २०० सय रुपैया साहायक क्याम्पस प्रमुखको नाममा १५० रुपैँया विभगिय प्रमुखको नाममा १५० रुपैँया बाहिरवाट आउने शिक्षकलाई १५० रुपैँया अन्य प्राध्यापकहरुलाई १००÷१०० रुपैँया कार्यालय सहयोगीलाई ५० रुपैँया प्रति विद्यार्थी दिदै आएको जनाएको छ । उनीहरुले काम नै नगरि भागबन्डा लगाएर विद्यार्थीहरुको पैसा खाँदै आएको विद्यार्थीहरु बताउँछन् ।
पैसा बाँड्दै हिड्छन् क्याम्पस प्रमुख
स्ववियूको निर्वाचमा क्याम्पस प्रमुख प्रत्यक विद्यार्थी संगठनहरुलाई २०–२० हजार बाँडेका थिए । कुनै विद्यार्थी संगठनहरुले आर्थिक सहयोगको माग नै नगरी विद्यार्थी संगठनहरुलाई प्रमुखले २० ÷२० हजार प्रदान गरेको थियो ।
विना विद्यार्थी संगठनको सहयोग पत्र निकासा भएको पैसाको हिसाब कसरी पास भयो ? यो सोच्ने विषय हो । कति विद्यार्थी संगठनलाई प्रमुखले पैसा बाँडे यसको लेखा जोखा नै छैन । भक्तपुर क्याम्पसमा हुँदै नभएका विद्यार्थी संगठनका नाममा पनि उनले पैसा दिएको खुल्न आएको छ ।
हाजिर गरेर भाग्छन् प्राध्यापकहरु ,कक्षा नलिइ खान्छन् तलब
क्याम्पसमा प्राध्यापकहरु हाजिर गरेर भाग्ने त भक्तपुर क्याम्पसको परम्परा नै हो ।
भक्तपुर क्याम्पसका कक्षा कोठामा हुनु पर्ने प्रध्यापकहरु निजि कलेजका कक्षा कोठामा क्याम्पस समयमा फेला पर्नु पनि यहाँको परम्परा नै भएको छ ।
सरकारी क्याम्पसमा कक्षा नलिएपनि तलब पाकी हाल्छ यहि समयमा अरु कलेजमा जाँदा थप अम्दानी हुने भएकाले सरकारी कलेजका विद्यार्थीको लत्याउँदै उनीहरु निजिमा जाने गरेका छन् ।
सरकारी काम कहिले जाला घाम भन्ने उखानको चरितार्थ यहाँ भएको देखिन्छ । कलेजमा पर्याप्त प्रध्यापक छन् तर उनीहरु हाजिर गरेर निजि धाउँछन् कलेज प्रशासन कलेजमा प्रध्यापक अरु ज्यालादारी ल्याउँछ यो कस्तो अचम्मको कुरा हो विद्यार्थीहरु बताउँछन् ।
आफुले कक्षा लिनु पर्ने कक्षा सरकारी तलव भत्ता खाने प्राध्यापकले नलिँदा कलेजले निजि स्रोतबाट पुन आफ्नो मान्छे भर्ति गर्दै कलेजलाई भर्ती केन्द्र नै बनाएको पाईन्छ ।
विहानी पखका कर्मचारी पनि काँहा कम छन् र विहान ७ बजे आउँछन् र १० बजे भाग्छन् । ३ घण्टा काम तलव हजम विहान ६ बजेदेखि १२ बजे सम्म बस्नु पर्ने कर्मचारी दश बज्नै नपाई भाग्ने गरेका छन् । तर उता क्याम्पस प्राशासन भने कर्मचारी पुगेन भनि भागवन्डामा कर्मचारी थप्दै आएका छन् ।
कलेजलाई मागी खाने भाँडोका रुपमा प्रयोग गर्दा पनि सम्वन्धित निकायले भने यसमा ध्यान नदिदाँ कलेज शिक्षा दायक भन्दा पनि भ्रष्टाचारको थलोका रुपमा परिणत भएको छ ।