काठमाडौं । नेवारी परम्परा अनुसारको म्हः पुजा अर्थात आफ्नो शरीरको आफैंले गर्ने पुजामा सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल एकेडेमी सेकेण्डरी स्कुलका साना विद्यार्थीलाई सहभागी गराइएको छ ।
विद्यालयले आयोजना गरेको सो पुजामा प्ले ग्रुपदेखि युकेजीसम्मका सयभन्दा बढी विद्यार्थी सहभागी भएको विद्यालयका निर्देशक राजन सुवेदीले बताउनुभयो ।
विद्यालयका शिक्षिकाद्धय मन्दिरा बुढाथोकी र सुवर्ण धौगोडा संयोजक रहेको सो पुजामा नेवारी परम्परा र संस्कृति अनुसार गरिने म्हः पुजाका सबै विधि अपनाइएको थियो ।
आत्मा शान्ति, आत्मा शान्ति, स्वास्थ्य र दीर्घायुको कामना सहित नेवार समुदायको नयाँ वर्षको अघिल्लो साँझ अर्थात तिहारको तेस्रो दिन अर्थात गोर्वधन पुजाको साँझ म्हः पुजा गर्ने गरिन्छ ।
विद्यार्थीलाई सहभागी गराई हिन्दु धर्मसंस्कृति अनुसारका चाडपर्व व्यवहारिक रुपमा मनाउँदै आएको ट्रिटन इन्टरनेशनल एकेडेमी सेकेण्डरी स्कुलले यो वर्ष पहिलोपटक म्हः पुजा गरिएको विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले बताउनुभयो ।
साना विद्यार्थीलाई सहभागी गराई काग तिहार, कुकुर तिहार, गोवर्धन पुजा देउसी भैलोको साथै भाइटिका समेत मनाइने पनि शाहले बताउनुभयो ।