युरो किड्समा देउसीभैलो, सेलरोटी र दक्षिणा

299

भक्तपुर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा युरो किड्स सल्लाघारीका विद्यार्थीले विद्यालयमा देउसीभैलो खेलेर दक्षिणा मात्र पाएनन, सेलरोटी पनि खाएर रमाइलो गरे ।

विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार आफ्नो कक्षाका शिक्षकहरुका साथ उनीहरुले सप्तरंगी टिकाले विद्यालयको नाम लेखेर रंगोली बनाएका थिए भने देउसीभैलो भट्टयाएर दक्षिणा र सेलरोटी मागेका थिए ।

केटाकेटीदेखि नै विद्यार्थीहरुलाई सबैप्रकारका चाडपर्व, कला संस्कृति र परम्परालाई व्यवहारिक रुपमै सिकाउँदै आएको युरो किड्सले चाडपर्व मनाउनु अघि त्यसको सांस्कृतिक महत्वका विषयमा जानकारी दिने गरेको छ ।