भक्तपुरको सुर्यबिनायकबाट ३३ जुवाडे पक्राउ

1057

भक्तपुरः भक्तपुरमा ३३ जना जुवाडे पक्राउ परेका छन् ।

भक्तपुर सुर्यबिनायक नगरपालिका–१० चितापोल स्थित एक कुखुरा फर्मबाट उनीहरु पक्राउ परेका हुन् ।

उक्त स्थानका २५ वर्षीय प्रविण त्वातीले संचालन गरेको कुखुरा फर्ममा जुवातास चलिरहेको थाहा पाएपछि प्रहरी परिचाल गरी ३३ जना जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रेबति रमण पाखरेलले बताए ।

प्रहरीले जुवा खालबाट ३ लाख ८४ हजार २ सय ३० रुपैयाँ नगद, १६ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको बताइएको छ ।