चाँगुनारायणका अधिकाँस पानी मुल असुरक्षित

424

भक्तपुर । चाँगुनारायण नगरपालिकाका अधिकाँस पानीका मुलहरु असुरक्षित रहेको खुल्न आएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा युवा क्रृयाकलाप समाज द्वारा पानीजन्य रोगको रोकथाम एवं पूर्वतयारीका निम्ती समुदाय स्तरिय जनचेतनामूलक कार्यक्रममा चाँगुनारायणका अधिकाँस मुल असुरक्षित रहेको जानकाारी दिईएको थियो ।

कार्यक्रममा सोयाले चाँगुनारायण नगरपालिकाका नौं बटै वडामा गरेका पानी परिक्षणमा आधा भन्दा बढि पानीमा कालिर्फम फेला परेको जानकारी दिईएको थियो ।

परियोजनाले चाँगुनारायण नगरपालिकामा संचालित कार्यक्रमहरुको समिक्षा बैठकमा नगर प्रमुख सोमप्रसाद मिश्रले पानीको सुद्दताको लागि नगरपालिकाले काम गरि रहेको जनकारी दिएका थिए । उनले नगरपालिकामा मुख्य समस्या भनेको खानेपानीको पनि रहेको जनाउँदै आगामी दिनमा यसको समस्य समाधान गर्न तथा सफा नगर बनाउन आफूहरु कार्यरत रहेको जनकारी दिएका थिए ।

कार्यक्रममा सोयाका अध्यक्ष राध्येश्याम दुवालले हाल सोयाले सुरक्षित खानेपानीका लागि भक्तपुरमा काम गरि रहेको जनकारी दिएका थिए ।

उक्त कार्यक्रममा चाँगुनारायणका ९ वटै वडाका प्रमुख, परियोजना अन्तर्गत विद्यालय स्तरीय जोखिम नक्साकंन कार्यक्रममा संचालित १० वटा विद्यालयहरुका प्रधानाध्यापकहरु, युनिसेफ नेपालका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।