काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजनेश एक्सलेन्स इन हेल्थ केयर) नामक अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ ।
चेम्बर अफ कमर्स अमेरिकाको वल्र्ड कन्फेडरेशन अफ बिजनेश (वल्र्डकब) ले नर्भिक अस्पताललाई द बिज अन्तर्राष्ट्रिय पुरस्कार(THE BIZZ int’l award) प्रदान गरेको हो ।
वल्र्डकबद्धारा गत शुक्रबार राजधानीको सोल्टी होटेलमा आयोजित एक कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सो अन्तराष्ट्रिय पुरस्कार नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई वल्र्डकबको इलाइट मेम्बर (विशिष्ट सदस्यता) पनि प्रदान गरे । वल्र्डकबले विश्वका पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आवद्ध बनाउने र सम्मानित गर्दै आएको छ ।
विश्वका १२० भन्दा बढी राष्ट्रमा द वल्र्डकबका तीन हजारभन्दा बढी सदस्य प्रतिष्ठानहरुको सञ्जाल रहेको छ ।
यसैगरि नर्भिक अस्पतालको ख्याति अभिवृद्धिमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरु प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई उत्कृष्ट नेतृत्व, कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह, दिपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाललाई उत्कृष्ट व्यवसाय व्यवस्थापन, प्रविण डावर र प्रदीप झालाई उत्कृष्ट बजार व्यवस्थापन र कपिल गौतमलाई उत्कृष्ट गुणस्तर व्यवस्थापन सम्मान पनि प्रदान गरिएको थियो ।
वल्र्डकबद्वारा जारी विज्ञप्ती अनुसार स्थापित मापदण्डमा आधारीत छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्त्तर, प्रभावकारीता तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, विरामीे सुरक्षा हस्पिटलजन्य सङ्कमण नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा नर्भिक अस्पतालले हासिल गरेको उत्कृष्ट नतिजा रहेका थिए ।
कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिक अस्पतालले गरेको निरन्तर प्रयास, सिद्धहस्त चिकित्सा विशेषज्ञको टोली, अत्याधुनिक उपचार प्रविधि र स्तरीय व्यवस्थापनको प्रशंसा गर्नुभयो ।