मधेश क्रान्ति फोरमका नविन यादव पार्टी प्रवेश गर्दै

841

काठमाण्डौं । जनकपुरमा आफ्नो अलग्गै राजनीतिक इतिहांस बनाउँदै आएका मधेश क्रान्ति फोरमका संयोजक नविन यादव पार्टी प्रवेश गर्ने हल्ला चलेको छ ।
लामो समय जानकपुरको राजनीतिमा आफ्नो अलग्गै पहिचान बनाएका यादव संघीय समाजबादी फोरम नेपालमा प्रवेश गर्न लागेको हल्ला चलेको हो ।
जनकपुरमा आफ्नो अलग राजनीतिक छवि बनाउँदै मधेश क्रान्ति फोरम सम्हाल्दै आएका उनी एक्कासी पाटी परिर्वतनको सोचमा आउँदा जनकपुरमा उनी कता जाँदै छन् भनी चर्काचर्की भएको छ ।
संयोजक यादवले संघीय समाजबादी फोरमका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेटघाट गरे सँगै उनी समाजबादी फोरममा प्रवेश गर्ने हल्ला चलेको हो ।
मन्त्री यादवको नीजि सचिवालयका अनुसार नविन यादव आफू सँग काम गर्न तयार भएको भन्दै संयोजक यादव भेट्न आउनु भएको जनाएको छ । वर्तमान मधेशको राजनीति तथा उहाँको राजनीतिक अवस्थाको विषयमा चर्चा गर्न मन्त्रीसँग यादवको भेटघाट भएको सचिवालयले जनायकोे छ ।
तर मधेश क्रान्ति फोरमका संयोजक नविन यादव भने पार्टी प्रवेश गर्ने कि नगर्ने भन्ने विषयमा अन्योलता नै रहेको जनाउँदै आउनुभएको छ । हो म मन्त्री यादव सँग भेटघाटको लागि गएको थिए उहाँ सँग मधेशको राजनीतिको विषयमा कुरा भएको थियो ।
पार्टी प्रवेशको सम्वन्धमा भने मेरो आधिकारीक केहि धारण नआई सकेको उहाँले जानकारी गराउनुभयो ।
नविन यादव मधेशको राजनीतिमा एक अलग पहिचान बनाएर बसेका राजनीतिज्ञ हुन् । उनी संजय शाह संग काम गर्दै आईरहेका थिए । उनी जेल गइसकेपछि यादव आफै मधेश कान्ति फोरमका संयोजक भई मधेशी जनता युवाको हक हितका लागि लड्दै आएका छन् ।
मधेश क्रान्ति फोरम जनकपुरका अध्यक्ष रहेका यादवले पहिलो संविधान सभामा र दोस्रोमा संजय शाहलाई त्यहाँको राजनीतिमा सघाएका थिए भने पछिल्लो चरणमा स्थानीय निकायको निर्वाचनमा भने राजपाका उम्मेदवार लाल किशोर शाहलाई सघाएका थिए यस्तै पछिल्लो निर्वाचनमा भने नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीलाई सघाएका थिए ।

मधेश आन्दोलनका सक्रिय अभियन्ता रहि आएका यादव मधेश आन्दोलनका समयमा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका अध्यक्ष मात्रीका यादवले समेत कार्यगत एकता गरेका युवा नेता हुन् ।
उनी मधेश आन्दोलनमा मधेश क्रांन्ति संघर्ष समितिको अध्यक्ष भएर आन्दोलनमा सहभागी हुँदा घाइते भएका थिए । मधेशी जनताको हक अधिकारकालागि लडी रहँदा आन्दोलनमा गम्भिर घाइते भई मृत्युको मुखबाट बचेर आएका उनको लक्ष्य भनेको नै मधेश र मधेशीको हक हितकालागि गरिने कार्य भएको हुँदा उनी कता जाँदै छन् भन्ने विषयमा मधेशमा कहुतुलताको विषय हुने गरेको छ ।
वर्तमान राष्ट्रपतीको जनकपुर प्रकरणमा झूठा मुद्दसमेत उनले खेपी सकेका उनीलाई उक्त झुटा मुद्दामा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक तथा नेकपा माओवादी अध्यक्ष तात्कालिन उद्योग मन्त्री मात्रिका प्रसाद यादवले नै बचाउ गरेका थिए । उनले तात्कालिन समयमा काठमाण्डौंमा आफू सँग रहेका नविनलाई राजनीतिक पूर्वाग्रहि मानसिकताका साथ मधेश आन्दोलनलाई निस्तेज बनाउनलागि परेका तत्वले फसाउन खोजेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए ।
पहिलो मधेश अन्दोलन देखि नै आफ्नो अहम भुमिका निर्वाह गरेका यादव मधेशीको हक अधिकारकालागि दिलो ज्यान दिएर काम गरि रहेका एक युवा नेताका रुपमा धनुषामा चर्चित रहि आएका छन् ।