भक्तपुर: शनिबार बिहान अन्दाजी ११:३० बजे भक्तपुरको चाँगुनारायण न.पा. २ दुवाकोट के.एम.सी. चोकमा बा ४३ प ६५४० नं को मोटरसाईकलले एक पैदल यात्रीलाई ठक्कर दिएको छ ।
दुवाकोटबाट नारायणटार तर्फ जादै गरेको मोटरसाईकल अनियन्त्रित भई मोरङ घर भई हाल भक्तपुरको राधे राधे बस्ने ४० वर्षीय प्रमिला गौतमलाई ठक्कर दिएको हो । गौतमको उपचारको क्रममा मृत्यु भएको छ ।
उपचारको लागि उनलाई पहिला दुवाकोटको के.एम.सी. अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई बाँसबारीको न्युरो अस्पताल रिफर गरिएको थियो । उपचारको क्रममा उनको न्युुरो अस्पतालमा मृत्यु भएको हो ।
चाँगुनरायण न.पा.२ बस्ने २२ वर्पीय मोटरसाईकल चालक अलिस खर्बुजालाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।








































