भक्तपुर । भक्तपुरमा एउटा अच्चमको दृश्य देखियो, त्यो हो भगवानलाई घ्याम्पो (नेवारी भाषामा सिजटेप) चढाइएको ।
मल्लकालिन भक्तपुरको ऐतिहासिक नवदुर्गा गणका सदस्यहरु (मानबरुपी देवता) हरुलाई एकएक वटा घ्याम्पो चढाइएको हो ।
भक्तपुरका खाइतू थर भएका परिवारहरुले भक्तपुरको कमलविनायकस्थित नवदुर्गास्थित द्योछें (देवता घर) मा पुगेर दिनभर विधिपूर्वक विभिन्न कार्यक्रमहरु गरी तामाको ठूल्ठूलो घ्याम्पो चढाइएको हो ।
भक्तपुर नगरपालिका ८ लिवालीस्थित नारायणप्रसाद खाइतूको अगुवाईमा घ्याम्पो चढाइएको हो ।
नवदुर्गाका १२ जना देवगणहरुलाई छुटाछुटै रुपमा एउटाएउटा ठूल्ठूलो घ्याम्पो चढाइएको हो ।
नवदुर्गाका भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेत भैरवका रुपमा रहने देवगणलाई एउटाएउटा घ्याम्पो चढाइएको हो । प्रत्येक घ्याम्पोमा देवताको आकृतिसहित संक्षिप्त जानकारी पनि अंकित थियो ।
देवताहरुको व्यक्तिगत ढुकुटीको रुपमा त्यो घ्याम्पो प्रयोग हुने जनाइएको छ । नाचका क्रममा उनीहरुले लगाउने विभिन्न गरगहना, चुरा, हातखुटामा लगाउने कली (धातुबाट बनेका ठूल्ठूलो चुरा जस्तो) लगायतका गरगहना राख्नको लागि त्यो प्रयोग गरिने जनाइएको छ ।
मल्लकालदेखि प्रयोेग हुँंदै आएको घ्याम्पो विग्रेर समस्या भएकाले आफूहरुले चन्दास्वरुप स्वतस्फुर्ट रुपमा देवताका नाममा दानस्वरुप घ्याम्पो किनेर चढाइएको खाइतू परिवारले बताए । यसहिसावले यस्तो कार्यक्रम भएको मल्लकालपछि यो पहिलो हो । ‘देवताको समस्यालाई बुझेर हामी आफनै खर्चले यो प्रदान गरेका हौं, दाता नारायणप्रसाद खाइतूले भने ।
यसअघि सयौंको लावालस्करसहित लिवालीबाट भोजका विभिन्न परिकारहरु लिएर खाइतू परिवारहरु देवताघर पुगेका थिए । देवताघरमा दिनभर कार्यक्रम चलेको थियो ।
त्यसक्रममा त्यहाँं नाचगानसमेत भएको थियो । देवताहरुले नाच प्रदर्शन गरेका थिए ।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका टोलटोलमा आठ महिना चल्ने नाचका देवगणहरुलाई यसबाहेक पनि अन्य विभिन्न समस्याहरु रहेका छन् । नाच चन्दा उठाएर चल्ने गरेको छ ।
प्रत्येक वर्ष माघ २ गतेदेखि आठ महिना चल्ने नाच मुकुण्डो लगाएका देवणगले भक्तजनसँंग सहयोग मागेर चल्दै आएको छ ।
देवगणले पसलपसल, सडकसडकमा चल्ने सवारीसाधनलगायत इच्छाएका भक्तजनसँंग चन्दा सहयोग मागेर नाच चल्दै आएको छ ।
नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमाला ऐतिहासिक मल्लकालदेखि निरन्तर चल्दै आएको नाच चन्दाबाट चलाउनुपर्नु दुखपूर्ण रहेको बताउँंछन् ।
नवदुर्गा गणको वासस्थान भक्तपुर नगरपालिका ३ क्वाठण्डौंस्थित द्योछें (देवता घर) मा राजा, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका राष्ट्रप्रमुख दर्शनका लागि सवारी हुँदा उनीहरुले लिखित रुपमा समस्या अवगत गराई सहयोगको माग गर्दै आए पनि सुनुवाई हुन सकेको छैन ।
प्रत्येक वर्ष विजया दशमीको कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुख नवदुर्गा द्योछें (देवता घर)मा दर्शन गर्न आउने परम्परा छ ।
दैनिक फरकफरक टोलमा देखाइने नाचमा मुकुण्डो लगाएका र नलगाएका गरी १९ जनाको टोली हुन्छन् । नाच देखाउने क्रममा उनीहरु स्थानीयस्तरकै पाटी वा सडकमै पराल ओछ्याएर सुत्ने गर्छन् ।
नाच भक्तपुर नगरपालिका १ सूर्यमढीबाट प्रत्येक वर्ष माघ २ गतेबाट सुरु हुने परम्परा छ ।
नाच साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ । प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन ।
यो नाचलाई भक्तपुरका साथै काठमाडौका विभिन्न स्थानमा पनि नाच देखाइन्छ ।
उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ । आर्थिक अभाबकै कारण धेरै ठाउँंमा नाच सञ्चालन हुन छोडेको छ ।
देवताहरुको व्यक्तिगत ढुकुटीको रुपमा त्यो घ्याम्पो प्रयोग हुने जनाइएको छ । नाचका क्रममा उनीहरुले लगाउने विभिन्न गरगहना, चुरा, हातखुटामा लगाउने कली (धातुबाट बनेका ठूल्ठूलो चुरा जस्तो) लगायतका गरगहना राख्नको लागि त्यो प्रयोग गरिने जनाइएको छ ।
मल्लकालदेखि प्रयोेग हुँंदै आएको घ्याम्पो विग्रेर समस्या भएकाले आफूहरुले चन्दास्वरुप स्वतस्फुर्ट रुपमा देवताका नाममा दानस्वरुप घ्याम्पो किनेर चढाइएको खाइतू परिवारले बताए ।
यसहिसावले यस्तो कार्यक्रम भएको मल्लकालपछि यो पहिलो हो ।