छोर्वाला काई रेडियो गेताङ ५औं बार्षिकोत्सब तयारी तिव्र

342

भक्तपुर । मोक्कोन तामाङला गिक्खेन काई, रिमठीम सेमल्हेङता टूना लाई, भाषा धर्मता रेन्सी ब्राई, ह्याङ्ला दोखाङता गिक्खेन लाअी “छोर्वाला काई” भन्दै विगत पाँच बर्ष देखि निरन्तररुपमा संचालन हुँदै आएको रेडियो कार्यक्रम छोर्वाला काईको बार्षिकोत्सब तयारी तिवै रुपमा भई रहेको छ ।

भक्तपुरमा सोमवार पत्रकार सम्मेलन गर्दै कार्यक्रम प्रस्तोता सुदिन दोङ लामाले ५ औं बार्षिकोत्सबको तयारी तिव्र गतिमा भएको जानकारी दिनुभएको हो ।

सम्मेलनमा उहाँले विगतका दिनमा रेडियो कार्यक्रम मार्फत आफूहरुले विभिन्न रोगी पीडितहरुको सहयोग गर्दै आएकोलाई संस्थागत गर्दै मिसन समृद्घ नेपाल नामक संस्थाको मार्फत काम गर्ने जमर्को समेत गरेको जानकारी दिनुभयो ।

उहाँले अव हामी केवल रेडियो कार्यक्रम मार्फत मात्र नभएर सवैको साथ सहयोग अनी हौसलाले संस्थागत रुपमा नै रोगी पीडित अनी असाहायको सहयोगमा जुट्न लागेको जानकारी दिनुभयो ।

पुष १४ गते शनिवार राष्ट्रिय सभागृहमा हुन लागेको ५ औं बार्षिकोत्सव तथा मिसन समृद्घ नेपालको घोषणा सभामा सहभागी हुन् सवैमा आग्रह गर्दै उहाँले सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुन लागेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उज्यालो नेपालका लिडर कुलमान घिसिङ र प्रथम नेपाल आइडल बुद्द लामालाई सम्मान गरिने समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजाना समेत हुने बताउँदै उहाँले उक्त कार्यक्रममा साँगीतिक दुनियाँका विभन्न कलाकारहरुले प्रस्तुती गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा स्रोता सम्मान तथा विभिन्न क्षेत्रमा योगदान दिदै आउनुभएका समाजसेवीहरुलाई समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।