
भक्तपुर । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले सरकार गन्तव्य हिन भएको बताउनुभएको छ ।
भक्तपुरका समाजसेवी एवं राष्ट्रिय प्रजातान्त्र पार्टी भक्तपुरका संस्थापक अध्यक्ष स्व सुरेन्द्र प्रताप शाहको चौंथो स्मृति सभालाई सम्वोधन गर्दै उहाँले सरकार गति हिन दिशामा अगाडी बढेको आरोप लगाउनुभएको छ ।
निर्वाचन अधि सिंहदरवार आँगनमा नै आउने प्रचार गरियो तर अहिले न सिंहदरवार जनताको घर दैलोमा पुग्यो न सिंहदरवारमा नै छ । यस्तो अन्योलताको अवस्थाले गर्दा सरकार,प्रदेश अनी संघियता पनि फेल भएको उहाँले बताउनुभयो ।
उहाँले पार्टी एकिकरणको सवालमा भने हतार गर्नु नहुने बताउँदै यसको लागि प्रक्रियामा काम भई रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहले अव हामी सुरेन्द्र प्रताप शाहको जस्तै जनतालाई समाजसेवाको भावबाट सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले आफ्ना पिता सुरेन्द्र प्रताप शाहलाई सम्झदै उहाँको अभाव आज आएर खड्केको बताउनुभयो ।
यस्तै उहाँले कार्यक्रममा आज सवै तहको निर्वाचन भएपछि जनताले अझ दुःख पाएको समेत बताउनुभयो । आज निर्वाचन पछि जितेर आएका जनप्रतिनिधी जनताका नभई पार्टीकै कार्यकता हुँदा जनताले दुःख पाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री दोय रविन चाम्लिङ र सगुन सुन्दर लावती, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, जिल्ला समन्वय समितिका सभापति नवराज ज्ञेलाल लगायतका बक्ताले स्वर्गिय सुरेन्द्र प्रताप शाह प्रति श्रदाञ्जली अर्पण गर्दै उहाँको जस्तै राजनीतिक घारका मानिसको आवश्यकता भक्तपुरलाई अझ खाँचो भएको बताउनुभएको थियो ।
उहाँहरुले भक्तपुरमा सुरेन्द्र प्रतापको विकल्प अव रविन्द्र प्रताप हुनु पर्ने बताउँदै आफूहरु पनि उहाँको मार्गमा लाग्ने प्रयत्न गर्ने बताउनुभएको थियो ।
राप्रपा प्रजातान्त्रिक भक्तपुरको आयोजनामा भएको उक्त स्मृति सभाको सभापतित्व भने जिल्ला अध्यक्ष रामशरण लामिछानेले गर्नुभएको थियो ।
Related