काठमाण्डौं । रेडियो मार्फत तामाङ भाषाको कार्यक्रम छोर्वाला काईले आफ्नो ५ औं बार्षिकोत्सब भब्यताका साथ मनाएको छ । राष्ट्रिय सभा गृहमा भब्य कार्यक्रमका विच रेडियो कार्यक्रम छोर्वाला काईले आफ्नो बार्षिकोत्सब मनाएको हो ।

२०७० साल देखि निरन्तर रुपमा प्रत्यक बुधवार विहान ११ बजे देखि १२ बजे सम्म तामाङ भाषा साहित्य संस्कृति कला लगायत विभिन्न क्षेत्रको विकास एवं त्यसको उत्थानका लागि सहयोग गर्दै आएको रेडियो कार्यक्रम छोर्वाला काई अवका दिनमा पनि भाषा संस्कति उत्थानमा लागि पर्ने कार्यक्रम प्रस्तोता सुदिन दोङले बताउनुभयो ।
सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्री बास्कोटाले साना अनलाईन अनी रेडियो कार्यक्रम एवं लोकल मिडियाले जनमानसमा गरेको योगदानको कदर गर्नु पर्ने बताउनुभयो ।
उहाँले छोर्वाला काई जस्ता कार्यक्रमका माध्यमवाट नै हामीले आफ्नो भाषा साहित्य संस्कृति अनी रीति थिती परम्पराको जगर्ने गर्न सक्ने बताउँदै यस्ता कार्यक्रममा हामीले हातमा हात मिलाउनु आवश्यक भएको बताउनुभयो ।
रेडियो कार्यक्रम छोर्वाला काईको बार्षिकोत्सवका अवसरमा उज्यालो नेपालका नायक कुल मान घिसिङ र प्रथम नेपाल आईडल बुद्द लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको विषेश अतिथिमा पूर्व कानून तथा न्याय मन्त्री शेर बहादुर तामाङ, संघीय संसद बमध्वज तामाङ, प्रदेश संसद रत्न ढकाल र अतिथिहरुमा पूर्व राज्यमन्त्री रेशम लामा, तामाङ अन्तर्राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा, राष्ट्रिय घेदुङका सांस्कृतिक बिभागका प्रमुख शुक्र दोङ लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
वार्षिकोत्सबमा चर्चित गायिका इन्द्र गोले,चर्चित गायक चन्द्र कुमार दोङ, विशाल काल्तान, विश्व दोङ, वसन्ती लामा, सुरेश लामा जिग्मी छ्योकी घिसिङ लगायतका कलाकारहरुले आ(आफ्ना प्रस्तुति गर्नुभएको थियो ।
तामाङ भाषाको कार्यक्रम मात्रमा सिमित नभई विभिन्न रोगी पीडितहरुको सहयोगको कार्यक्रमका रुपमा चिनिदै आएको छोर्वाला काई रेडियो गेताङले अवका दिनमा संस्थागत रुपमा रोगी पीडितहरुको सहयोग गर्ने हेतुले ५ औं वार्षिकोत्सबका अवसरमा “हाम्रो समृद्द नेपाल” नामक संस्थाको घोषणा समेत गरेको छ ।







































