काठमाडौं। सरकारले साढे ११ हजारको संख्यामा रैथाने बाली खोजी गरी संरक्षण गरेको छ ।
लोप हुन लागेका रैथाने जातका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न जिल्लाबाट संरक्षणको काम सुरु गरेको हो ।
नार्कले विदेशी बीउबिजन भित्रिएकाले नेपालका रैथाने बाली संकटमा परेको भन्दै अझै संकलनको काम भइरहेको जनाएको छ ।
कृषि क्षेत्रमा संलग्न विभिन्न संघ संस्थाका मानिसलाई तालिम दिएर नार्कले खोजी गर्ने तरिका र संकलन भएको बीउबिजनलाई सुरक्षित राख्ने तरिका पनि सिकाउँदै आएको छ ।








































