सोनाम ल्होछारमा इराकको सुलेमानीमा वृहत साँस्कृतिक कार्यक्रम हुने

462

इराक । संसारका तामाङ एक होऔं भन्दै इराकको कुदिएस्तानमा ल्होछारको अवसरमा वृह्त साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान इराकको संयुक्त आयोजनामा आउँदो फेब्रवरी १ तारिख शुक्रवारका दिन वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछार (फग ल्हो) को अवसरमा इराकमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

‘आफ्नो मौलिक भाषा ,धर्म ,कला ,संस्कृती र भेषभुषा हरेक जातीको पहिचान हो आफ्नो पहिचान संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो भन्ने उदेश्यका साथ संस्था स्थापनाकाल देखिनै कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले ल्होछार कार्यक्रम गर्दै आएको छ ।

नेपाली महिला समाज कुर्दिस्तानको आगमन पश्चात् दुबै संस्थाले मिलेर ल्होछार कार्यक्रम गर्दै आएको ल्होछार कार्यक्रम यो पटक नेपाल तामाङ घेदुङ इराकको आगमन भएकोले गत डिसेम्बर २८, २०१८ शुक्रवारका दिन कुर्दिस्तान इराकमा नेपाल तामाङ घेदुङ् कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानि र नेपाली महिला समाज कुर्दिस्तानले संयुक्त छलफल गरि मिलेर अगाडी बढदै भाषा सँस्कृति एवं परम्पराको जगेर्ना गर्न लागि पर्ने भन्दै संयुक्त रुपमा कार्यक्रम गर्न लागेको हो ।

सोनाम ल्होछार पर्व तामाङ समुदायको बिशेष पर्ब भएकोले इराकमा तामाङ घेदुङको आगमन लाई प्राथमिकतामा राखी संयुक्त छलफल पश्चात् सबै जात जाती लाई समेटी मनाइने र कार्यक्रमको संयोजकको प्रमुख भुमिकामा दुबै समाजले तामाङ घेदुङ इराकलाई अगाडि सारेको छ । संयुक्त छलफल पश्चात् कार्यक्रमको संयोजक नेपाल तामाङ घेदुङ इराकका उपाध्यक्ष श्याम मम्बा र सह संयोजकमा कुर्दिस्तान प्रवासी नेपाली समाजका सदस्य ठुलोकान्छा शेर्पा लाई दिइएको छ ।
विदेशमा रहेर पनि आफ्नो भाषा संस्कृति परम्परा एवं धर्मको रक्षा गर्नुपर्छ भन्ने मान्यता अनुरुप नै विदेशमा रहेका सम्पूर्ण संस्थाहरु एक भएर ल्होछार मनाउन लागेको आयोजकले जनाएको छ ।