दोस्रो कार्यकालका लागि जती निर्वाचित

357

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा वीरेन्द्र जती सर्वसम्मत निर्वाचित हुनु भएको छ । उहाँ दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको हो ।
संघको बुधबार राती सम्पन्न १४ औं जिल्ला अधिवेशनले जतीको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसअनुसार उपाध्यक्षमा रामगोपाल रञ्जित, सचिवमा प्रेमकृष्ण खर्बुजा, सहसचिवमा राजकुमार प्रजापति र कोषाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा हरिगोपाल त्वायना, राजु माक, लक्ष्मीप्रसाद कवां, सुवास धौबञ्जार, सुदीप गणेश, सरस्वती प्रजापति, तुलसीदेवी लाखा, चित्रा किसी, कृष्णसुन्दर श्रेष्ठ र कृष्णहरि खत्री रहेका छन् ।
त्यस्तै संघअन्तर्गतको महिला उद्यमी समितिकी सभापतिमा ईश्वरी श्रेष्ठ सर्वसम्मत भएकी छन् । त्यस्तै उपसभापतिमा चन्द्रकला बास्कोटा, सचिवमा देवका श्रेष्ठ र कोषाध्यक्षमा कमलश्वरी खर्बुजा चुनिएका छन् ।
समितिको सदस्यहरुमा कृष्णा प्रजापति, दयालक्ष्मी प्रजापति, लक्ष्मी महर्जन, रुपा श्रेष्ठ, तारादेवी धन्छा, सुमित्रा श्रेष्ठ, सुचित्रा भैल र तिमिला वैद्य सर्वसम्मत भएका छन् ।
संघका पूर्वअध्यक्ष चन्दनकृष्ण श्रेष्ठ संयोजक र पूर्वअध्यक्षहरु सत्यनारायण प्रजापति र लक्ष्मण ग्वाछा सदस्य रहेको निर्वाचन समितिले संघ र महिला समितिको निर्वाचन सर्वसम्मत भएको जानकारी दिएको हो ।
संघका करिब पाँच सय घरेलु तथा साना उद्यमीहरु आवद्ध छन् । भक्तपुर घरेलु कार्यालयमा भने आठ हजार बढी घरेलु तथा साना उद्योग दर्ता छन् ।