Home निर्वाचन गरिबलाई आय र निमुखापाई न्याय नै आजको समाजवाद : पौडेल
भक्तपुर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गरिवलाई आय र निमुखालाई न्याय नै आजको समाजवाद भएको बताउनुभएको छ ।
समाजबाद अध्ययन केन्द्र भक्तपुरको आयोजनामा नवलपरासीको हुप्सेकोट गाउँपालिकामा विभिन्न सामग्री हस्तान्तरण गर्दै उहाँले जव सम्म गरिबलार्य आय र निमुखाले न्याय पाउँदैनन् तव सम्म समाजवादको परिकल्पना गर्नु ब्यर्थ भएको बताउनुभएको हो ।
समाजवाद अध्ययन केन्द्र चाँगुनारायण भक्तपुले नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका नवलपुर र समाजवाद अध्ययन केन्द्र नवलपरासीको आयोजनामा व्हिल चियर , बैशाखि , एल्बो स्टिक , सेतो छडी र न्यानो कम्बल बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निमुखालाई यसरी सामाग्री दिनुनै समाजवाद भएको बताउनुभएको हो ।
गरिबलाई आयमुलक कार्यमा सहयोग गर्नु र अपांगतामा सहयोग गर्नु समाजसेवा मात्रै होइन समाजवादका अनुयायीको कर्तव्य समेत हो । बरिस्ठ नेता पौडेलले आगामी दिनमा कांग्रेसले अपाङ्ग्ता भत्तामा समेत पुनर्बिचार गर्न र नीति बनाउन लागेको र संसदमा भुमिका खेलेको बताउनुभयो ।
सामाजिक कार्य गर्न प्रेरणा दिनु हुने सम्पुर्ण सहयोगी हात र मनहरुलाई समाजवाद अध्ययन केन्द्रको तर्फबाट हार्दिक आभार र नमन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेका छौ भन्दै अध्यक्ष दुर्गाप्रसाद फुयालले सामाग्री बितरण कार्यक्रम सफल र भब्य भएको बताउनु भयो ।
समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले आफ्नो संस्थाले सामाजिक मन अन्तर्गत यहाँ रहेका १४ जना व्हिल चियर प्रयोगकर्तालाई व्हिल चियर दिएको र त्यो व्हिल चियर सामाजिक मन र हात गर्नुहुने रक्षा नेपालकी अध्यक्ष मेनुका थापा,निर्माण ब्यबसायी संघ केन्द्रिय पुर्ब महासचिव रामशरण देउजा ,निर्माण ब्यबसायी नवलपरासी अध्यक्ष नवीन ज्ञवाली , अल्कापुरी निर्माणका सेबक भण्डारी ,निजामती कर्मचारी युनियन(संघ) बागलुङ अध्यक्ष देव शर्मा आचार्य , बागलुङ कै समाजसेवी महेन्द्र शर्मा पौडेल, आनन्द शर्मा , नवलपुरमा कार्यक्षेत्र रहि निजामती कर्मचारी लालबहादुर सलामी , प्रमोद अर्याल , सुर्यमान यादब , सिबलाल चौधरी , सुनिता आचार्य , नरेन्द्रप्रसाद भन्डारी , प्रेमनारायण पाण्डे , दुर्गाकुमारी खनाल काठमाडौं , रिना गुरुङ , सुशिला अधिकारी , लक्ष्मी शर्मा नवलपरासी पश्चिम , लक्ष्मण दुलाल , जीवन दाहाल भक्तपुर , लगायतको सहयोगमा सामाग्री तयार गरिएको जानकारी दिनुभयो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे , त्यसै क्षेत्रका प्रदेससभा सदस्य एबं नेपाली कांग्रेस नवलपुर सभापति बिष्णु लामिछाने , नेपाली कांग्रेस गाउँपालिका सभापति ओमन सिं रजाली लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
स्वर्गीय चेतकुमारी देउजाको सम्झनामा उपलब्ध गराइएको ११४ थान कम्बल नेपाल निर्माण ब्यबसायी संघका पुर्ब महासचिव रामशरण देउजाले आफै बितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नवलपुर कांग्रेस सभापति बिष्णु लामिछानेले यस्तो सामाजिक कार्यमा आफू सहभागी हुन पाउनु खुशीको कुरा भएको र अबको कांग्रेस सामाजिक कार्य सहित जनतामा जान समाजवाद अध्ययन केन्द्रले देखाएको बाटो आफुले पनि अबलम्बन गर्ने भन्दै समाजवाद अध्ययन केन्द्रले आफ्नो चुनाबी क्षेत्रमा यस्तो पुण्यकार्य गरेकोमा समाजवाद अध्ययन केन्द्रलाई धन्यवाद दिनु भयो। हुप्सेकोट गाउँपालिका अध्यक्ष रहेकी कांग्रेस नेत्री लक्ष्मी पाण्डेले आज आफ्ना गाउँका अपांगलाई सहज जीवनयापन गर्न सहयोग जुटाइदिएकोमा समाजवाद अध्ययन केन्द्रको प्रशंसा गर्दछु र नपुग सामाग्री थप गरेर पुन कार्यक्रम गरिने बताउनु भयो ।
ममतामयी माता स्व. चेत कुमारी देउजाको चौथो स्मृतिका दिन संकल्प गरेको न्यानो कम्बल ११४ थान पुर्बी नवलपरासी, होप्सेकोट गाउपालिका निबासी बिपन्न परिवारलाई बितरण गरिने कार्यक्रम गर्न पाउँदा मन नै खुशी लागेको बताउँदै रामशरण देउजाले आफ्नो चाहाना पूरा भएको बताउनु भयो ।
उक्त कार्यक्रममा प्रेस युनियन सचिब खिला कार्की प्रेस युनियन अध्यक्ष पुरुसोत्तम सुवेदी लगायत हुनुहुन्थ्यो। समाजवाद अध्ययन केन्द्र भक्तपुरद्वारा अब पनि यस्ता कार्यक्रमका सहयोगी हात र मनहरुलाई जोड्ने र सामाजिक कार्यलाई अझ अगाडि बढाउने योजना रहेको जानकारी दिनु भयो।
Related