धर्म परिर्वतन विरुद्द एक जुट हुन् आवहान गर्दै वनभोज

433

रुपन्देही । धर्म परिर्वतन विरुद्द एक जुट हुन् आवहान गर्दै हिन्दु जारगरण नेपाल रुपन्देहीले बनभोज कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा हिन्दु जागरण नेपालका उपाध्यक्ष उमा ढकालले हाम्रो कला संस्कृति अनी परम्पराको रक्षा गर्नु आफ्नै कर्तब्य भएको बताउनुभयो । उहाँले हाम्रो मुलुकमा हाल विभिन्न विधर्मीहरुले विभन्न प्रलोभन देखाउँदै हाम्रो धर्म संस्कृति परम्पराको खण्डन गर्ने धर्म परिर्वतन गराउने लगायत विभिन्न काम गर्दै आएको बताउँदै यसको विरुद्दमा एक जुट हुन् आग्रह समेत गर्नुभएको थियो ।

रुपन्देही जिल्लाको वडा नगर र जिल्ला नै हिन्दु जागरण नेपाल मय बनाउन आफूहरु लागि परेको हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य हरिशरण पाण्डेले बताउनुभएको थियो । हामी अव आफ्नो धर्म रक्षाको लागि जिल्लालाई धर्म परिर्वतन मुक्त जिल्लाको रुपमा लैजान कार्य गर्दै आएको समेत उहाँले बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य नारायण कोइरालाले हिन्दु जागरण नेपालले देश भर गरेको गतिविधिको सम्वन्धमा प्रस्ट पार्नु भएको थियो । उहाँले हिन्दु जागरण नेपालले विदेशी विर्धर्मीहरुको विरुद्दमा काम गर्दै आएको र आफ्नो परम्परा धर्म अनी संस्कृतिको रक्षाका लागि काम गर्दै आएको बताउनुभएको थियो ।

बनभोज कार्यक्रम एक जुट हुन् र आगामी दिनमा हिन्दु जागरण नेपाललाई कसरी चुस्त गतीमा लैजान सकिन्छ भनी आयोजना गरिएको कार्यक्रम संञ्चालक पारु भण्डारीले बताउनुभएको थियो ।
रुपन्देहीको तिलोत्तमा पार्कमा आयोजित बनभोज कार्यक्रममा ९८ जनाको सहभागिता रहेको थियो ।