के सुधार गृह संञ्चालन गर्नु अपराध हो

332

काठमाडौ । सुधार गृह सञ्चालहरुलाई आपराधिक मानसिकताले हेर्नु गलत भएको उनीहरुको भनाई छ ।

काठमाण्डौंमा Recovering Society Of Nepal- Recsonले  पत्रकार सम्मेलन गर्दै सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताहरुको तर्फबाट भैरहेको अवस्थामा सरकारबाटै साथ नभएको जिकिर गरे ।

कार्यक्रममा नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एव्म अविक्ता विष्णु लुईटेलले ‘सरकारले लागु औषध प्रयोगकर्ताको क्षेत्रको बारेमा आवश्यक कानून बनाएर मानिसहरुलाई सुधार गर्ने र सभ्य नागरिक बनाउने काम गर्नुपर्ने हो , तर त्यसो हुनुको साटो राज्यबाटै सामाजिक अभियान्ता र सञ्चालकमाथि त्रासको वातावरण सिर्जना गर्ने काम भईरहनु विडम्वना भएको उनले बताए । उनले थपे सयदै गृहमन्त्रालयसँगै महिला सुधार गृहको बारेमा कुनै तथ्याङ्क छजस्तो मलाई लागेको छैन्, यसको जिम्मेवार गृहमन्त्रालय नै भएको उनको आरोप थियो ।

उनले लागू पदार्थ दुव्र्यसनीमा फसेका नागरिकहरुको बारेमा राज्यले चासो राख्नुपर्नेमा  उल्टै दुःख दिनु निन्दनिय भएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा साहारा नेपाल (महिला) की अध्यक्ष एनी राईले नेपालमा महिला सु्धार गृहको अभाव भएको भन्दै सरकारलाई व्यबस्थापनका लागि आग्रह गरेकी छिन् ।

‘म पनि पूर्व लागू दार्थ प्रयोगकर्ता नै हुँ, सडकबाट सुधार केन्द्रसम्म पुगेर अहिले सडकमा पुगेका र जीवनबाट निरास बनेकाहरुलाई सुधार गर्ने अभियानमा छु, देशभरमा महिला सुधार केन्द्र पाँचवटा मात्रै छन् , सुधार गर्ने ठाउँ छैन्, सडकमा पुग्ने परिस्थिति छ ।’ राईले भनिन् ।

लागू पदार्थमा फँसेका महिलाकोबारेमा घर परिवार नै बेखवर बन्ने हुँदा सुधार गर्न असहज भएको बताउँदै उनले भनिन् ,‘घर परिवारले पनि छोरीलाई हेर्ने दृष्टिकोण बद्लिनुपर्छ, छोरोको लागि जग्गा बेचेर भएपनि सुधारगृहमा राख्ने तर छोरीलाई सडकमा लगेर छोड्ने काम हुनु दुःखद हो, एउटा व्यक्तिलाई महिनामा ३० हजार जति खर्च गरेर उपचार गर्न सकिन्छ, सक्नेले तिरेर राख्छन् तर गरिब परिवारहरुले ३० हजार तिर्न सक्दैनन् यस्तो अवस्थामा सरकारले हेर्नु पर्ने उनको तर्क थियो  ।’

त्यस्तै Recovering Society Of Nepal- Recson कार्यक्रमका संयोजक रबिन कार्कीले सुधार गृहमाथि प्रशासनले विभिन्न आरोप लगाएर दुःख दिने काम गरेको गुनासो पोखे ।

उनले भने,‘सुरक्षा प्रसाशनले आधारहिन आरोपहरु लगाएर हामीलाई कहिलेकाहीँ दुःख दिने काम गर्छ, सरकारले गर्नुपर्ने काम हामीले गर्दापनि जस पाइदैन, सुधार गृहका बारेमा सरकारले तत्काल उचित मापदण्ड तय गरि कार्यान्वयन गरोस् भन्न चाहन्छु ।’

उनले भने,‘सुधार केन्द्र सञ्चालकहरुलाई निर्धक्क भएर काम गर्ने बातावरण सिर्जना गरियोस्, सुधार केन्द्रको लागि परामर्शदाता तालिमको आयोजना होस् , सुधार केन्द्रहरुको उपचार पद्धतीमा अध्ययन अनुसन्धान गरि एकरुपता कायम होस् ।’

कार्कीले स्तरीय र उपलब्धिमुलक काम गरिरहेकाहरुलाई पहिचान गरि उनीहरुलाई थप हौसला र सहयोग सम्मान गर्नपनि राज्यसँग माग गरेका थिए  । उनले थपे,‘लागू पदार्थ सेवनकर्ताहरुलाई पनि अन्य बेचविखन गर्ने व्यापारीहरु कै नजरमा नहेरी सरकारी निगरानीमा नै उनीहरुको उपचार हुनु पर्ने उनको माग थियो ।

त्यस्तै अर्का सुधारगृह सञ्चालक वाङ्दे लामाले महिला सुधार गृहका बारेमा सरकार नै गम्भिर हुनुपर्ने बताए । उनले भने,‘जीवनको मार्गबाट विचलित बनेकाहरुको बारेमा सरकार गम्भिर हुनु पर्ने बताउँदै , बेला बखत हामीलाई त्रासमा पार्ने काम भईरहेको छ, यो ठिक नभएको बताउँदै सुधार केन्द्र संञ्चालकहरुलाई अपराधिको दर्जामा हेर्ने दृष्टीकोणलाई परिर्वतन गर्नुपर्ने बताए । , महिलाहरुको लागि सुधार गर्नको लागि महिला सुधार गृहको वयबस्था नभएको बताउँदै उनले  हामीले सक्दो गरेका छौं, यसमा पनि राज्यको साथ छैन यस्तो पाराले कसरी समाज बन्छ’ उनले प्रतिप्रश्न गरे ।

कार्यक्रममा बत्ताहरुले ‘आफ्ना नागरिकहरुको अवस्था के छ ? खान, बस्न र लगाउन पाएको छ कि छैन ? त्यस्ता आधारभुत कुराहरुको बारेमा राज्यले भूमिका खेल्नुपर्छ, खासमा दुव्र्यसनीमा फसेका व्यक्तिहरुको बारेमा सरकार झन् जिम्मेवार रहनुपर्ने बताएका थिए ।