कोकमा रक्सी मिसाएर खुवाई सामूहिक बलात्कार

460

दमक । कोकको बोतलमा रक्सी मिसाएर खुवाएर सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर–४ का ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु रहेका छन् ।

घटनामा संलग्न रहेका स्थानीय २४ वर्षीया राजेश राजबंशी फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले पुस २२ गते राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बूलाई पक्राउ गरिएको झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

भद्रपुर–४, भगवती टोलमा रहेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार भएको हो । जाहेरीमा भनिएको छ, ‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए । उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’

त्यसबेला रहेकी अर्की किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् ।