मधेश क्रान्ति फोरमका संयोजक नविन यादव सहित हजारौं युवा संघिय समाजवादी फोरम प्रवेश

848

जनकपुरधाम । मधेश क्रान्ति फोरम  संयोजक नविन यादव सहित हजारौं युवाले एकै साथ पार्टी परिर्वतन गरेका छन् ।

मधेशको राजनीतिमा अलग्गै पहिचान बनाउँदै आएका यादव सहित हजारौं युवा एकै साथ संघिय समाजवादी फोरममा प्रवेश गरेका हुन् ।

मधेश आन्दोलनका विश्वासिला पात्र एवं मधेश क्रान्ति फोरमका संयोजक समेत रहेका यादव एक कार्यक्रम बिच हजारौं युवा सहित उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं पार्टी अध्यक्ष उपेन्द्र यादव, प्रदेश नम्वर २ का मुख्य मन्त्री महमद लाल वावु राउत , प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, पूर्व कृषि मन्त्री हरि नारायण यादव लगायतका विशिष्ठ अतिथिको माझ संघिय समाजवादी फोरममा प्रवेश गरेका हुन् ।

उनको पार्टी प्रवेश पछि जनकपुरमा संघिय समाजवादी फोरमको बाहुल्यता बढेको छ । ठिकै को संख्यामा संघिय समाजवादी फोरमको उपस्थिती रहेको उक्त क्षेत्रमा नविन यादव लगायतका युवा पार्टी प्रवेश गरेपछि जनकपुरमा संघिय समाजवादी फोरम बलियो भएको छ ।

प्रदेशको राजधानीमा नै संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहितले वृहत कार्यक्रम राखी युवा हरु पार्टी प्रवेश गराएपछि अन्य दल भने ससंकित भएको पाइन्छ ।

मधेश क्रान्ति फोरमका संयोजक नविन यादव लगाएतका युवा संघिय समाजवादी फोरममा प्रवेश गरेपछि पार्टीले आफ्नो बलियो पकड अव प्रदेश राजधानी धनुषामा जमाउने पक्का भएको छ ।

पार्टी प्रवेश गर्दै युवा नेता नविन यादवले प्रदेश राजधानी जनकपुरलाई स्वच्छ सफा एवं हरावरा बनाउने अभियानमा अव मधेशका युवा लाग्ने बताएका थिए । युवा नै अगाडी नलागि केहि हुन्न भने जस्तै अव संघिय समाजवादी फोरमका युवा सवै मधेशमा ब्याप्त भ्रष्टाचार एवं फोहरी राजनीतिलाई चिर्न लागि पर्ने उनले प्रतिवद्दता गरेका छन् ।

उनले भने अव हाम्रो लक्ष्य भनेको भ्रष्टाचार विरुद्दको आन्दोलनको हो यसमा हामी एक जुट भएका छौं अर्को लक्ष्य भनेको जनकपुरलाई स्वच्छ बनाउने हो यसमा सवै युवाले साथ दिने प्रति आफू प्रतिवद्द रहेको उनले बताए ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै गएको फोरम नेपालमा नविन यादव जस्ता युवाहरुको प्रवेशले थप उर्जा प्रदान गरेको उल्लेख गरे ।

उनले आन्दोलनको जगमा स्थापित फोरम नेपालको काँधमा अहिले संघीयता कार्यान्वयनको मुख्यम अभिभारा रहेकोले पार्टी सो जिम्मेवारीको लागि सडक सदन र सरकार तीनै स्थान बाट संघर्ष गरि रहेको बताएका थिए ।

आर्थिक क्रान्ति विना राजनीतिक क्रान्ति सफल हुन नसक्ने बताउँदै उनले अहिले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न समेत आर्थिक क्रान्तिको आवश्यकता रहेको जनाउँदै अव युवाहरुको एक जुटताले आर्थिक क्रान्तिमा जान तयार रहनु पर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुको बलिदानीले स्थापित प्रदेश नं २को सरकार युवाहरुकै भावना अनुसार अघि बढि रहेको उल्लेख गरे । उनले प्रदेश सरकारको हरेक कदम मधेश आन्दोलनको मर्ममा टेकेर नै अघि बढि रहेको जानकारी गराएका थिए ।

जिल्ला अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज उर्मिला साह सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।