के डि श्री डान्स एकेडेमीकोे आठौं बार्षिकोत्सब सम्पन्न

310

भक्तपुर । के डि श्री डान्स एकेडेमीको आठौं बार्षिकोत्सब तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिवार भक्तपुरको सूर्यविनयकमा आयोजित कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विकु थोकरले कलाकारिता क्षेत्र दुःखी क्षेत्र भएपनि यो हाम्रो कला संस्कृति अनी परम्परा सँग पनि जोडिएको क्षेत्र भएका कारण यसको संरक्षण गर्न केडिश्री एकेडेमि जस्ता संस्थाले प्रधान भुमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा विषेश अतिथि युवा नेता धनवहादुर तामाङ, अधिवक्ता नारायण ध्वज तामाङ, अतिथि विनायक दोङ, विनय लोप्चन लगायतकाले कला एकेडेमीको आगामी दिनका अझ प्रगतिको शुभकामना दिदै आगामी दिनमा अझ राम्रा श्रष्ठा उत्पादन गर्न प्ररणा मिलोस् भनी शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा चर्चित संगीतकार एवं गायक विश्व दोङ, विशाल काल्ताङ, गायिका निर्मला घिसिङ जितु लोप्चन, हावा लामा, पेमा लामा, विहिन दोङ, विजय थोकर , योसफ लामा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा केडिश्री डान्स एकेडेमी र विहानी कला केन्द्रका कलाकार एवं प्रशिक्षार्थीले आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।

सोहि अवसरमा केडिश्री डान्स एकेडेमीका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएकाको थियो ।

कार्यक्रम प्रस्तोता भने आर्जे सुदिन लामा दोङले गुर्नभएको थियो भने कार्यक्रमका सभापति भने कर्म ध्वज तामाङले गर्नुभएको थियो ।