परम्पराको रक्षार्थ न्युयोर्कमा तामाङ समाजले ल्होछार मनाउने

742

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा तामाङ समाजले ल्होछार मनाउने भएको छ । विदेशमा बस्ने भएपनि आफ्नो धर्म संस्कृतिको रक्षा गर्दै अमेरिकामा फेब्रुअरी ०२ तारिखका दिन सोनाम ल्होछार २८५५ फा ल्हो भब्यताका साथ मनाउने तयारी भई रहेको तामाङ समाजका अध्यक्ष सानुमाया तामाङले जानकारी दिनुभयो ।

तामाङ समुदायको मौलिक परम्परा, भाषा, धर्म, संस्कार संस्कृति र विभिन्न चाड पर्वहरुलाई संरक्षण गर्नका लागि यसरी ल्होछार कार्यक्रम आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
आफ्नो कला संस्कृति अनी परम्परा झल्कने पोषाक अनी विभिन्न पाटो समेट्दै सांस्कृतिक कार्यक्रम समेत गर्ने जनाउँदै उहाँले आफू विदेशमा बसेपनि आफ्नो धर्म संस्कृतिको भने रक्षामा सवै जुटौं भन्दै उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाउनुभएको छ ।

उक्त ल्होछार कार्यक्रममा लामा गुरुहरुबाट पूजापाठ सहित गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम अमेरिकाको न्युयोर्क शहरको बेलोजिनो वेन्क्युट हलमा हुने तामाङ समाजले जनाएको छ ।