खार्पाचोकमा सप्ताहब्यापी ल्होछार मनाईने, तयारी तिव्र

382

भक्तपुर । खार्पाचोक युवा क्लवको आयोजनामा रोशी गाउँपालिका ८ मा बृहत ल्होछार कार्यक्रम हुने भएको छ । काभ्रेको रोशी गाउँपालिकामा माघ २८ गते २८५५औं फाग(सुँगुर वर्ग)को सोनम ल्होछार कार्यक्रम भब्यताका साथ मनाउने भएको क्लवका अध्यक्ष लालवहादुर घिसिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश नं ३ का मनानीय उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गर्न आफूहरु जुटेको उहाँले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आफ्नो धर्म संस्कृतिको रक्षा हामी आफैले गर्नु पर्छ भन्दै कार्यक्रममा क्लवले तामाङ मौलिक पर्व सोईनम खेल्ने परम्परालाई निरन्तरता दिने बताउँदै उहाँले खेलका केहि नियम परिमार्जनसहित सोईनमगि खेलाईने जानकारी दिनुभयो ।
ल्होछारलाई एक दिन मात्र नभएर सप्तव्यापी रूपमा मनाउने तरखरमा रहेको उहाँको भनाई थियो ।
सप्ताहब्यापी रुपमा ल्होछार मनाउने तयारी अनुसार नै क्लवले मैत्रीपूर्ण खेलकुद प्रतियोगिता,सोईनमगि कार्यक्रम,सरसफाई कार्यक्रम,अग्रजबाट मोलम थाप्ने कार्यक्रम साथै बृहत साँस्कृतिक कार्यक्रमको तयारी द्रत गतिमा गरि रहेको क्लवका सचिव सिंगवहादुर मोक्तानले जानकारी दिनुभयो ।
अलग्गै किसिमले ल्होछार मनाउने उद्देश्यका साथ खार्पाचोक युवा क्लव ल्होछार महोत्सवमा जुटेको छ । उक्त कार्यक्रममा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रमको लागि चर्चित कलाकारहरू ईन्दिरा गोले,सन्जिव वाईवा,विशाल काल्तान,रामवावु योञ्जन,च्वाईस दोङ,अमिर दोङ,सुष्मा मोक्तान,युनिक दोङ,कोशिस थोकर लगायतका कलाकारहरू ले आ आफ्नो प्रस्तुति राख्नुहुने छ । साथै साथै पुष्प जनजगारण साँस्कृतिक परिवार र स्हेङजी क्रयुको विशेष नृत्य प्रस्तुती पनि रहने सचिव मोक्तानले जानकारी दिनुभयो ।