तेमालको डुप्पा ने घु मा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने

677

तेमाल । तेमाल गाउँपालिका वडा नम्वर ९ चोपटार अवस्थित डुप्पा ने घुमा हेलिकप्टबाट पुष्प वृष्टि गरिने भएको छ ।

यहि माघ १६ गते वुधवार गुरु रिम्पोर्छेले तपस्या गरेको पवित्र स्थलको प्रचार प्रसार तथा उक्त स्थालमा पाठ पुजामा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने आयोजक डुप्पा ने घु संरक्षण समितिले जानकारी दिएको छ ।

समितिका अनुसार समाजसेवी विकु थोकरको विषेश सहयोगमा माघ १६ गते डुप्पा ने घुमा पाठ पुजा सहित हलिकप्टबाट पुष्प वृष्टि गरिने भएको छ ।

तेमालका स्थानीय बासिन्दा एवं संचारकर्मी सुदिन लामा दोङको विषेश सक्रियतामा श्रद्दय धर्म गुरु अवतारी टुल्कु साङ्के शेडुव ठिन्ले पालशाङपो रिम्पोर्छे तथा खेन्पो फुर्वो तामाङ ज्यूद्दारा डाकिनी तिथिमा गुरु रिम्पोर्छेको पाठबाट छोग मरमे तथा आयु अभिषेक(वाङ)का अवसरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने भएको हो ।