जनकपुर चुरोट कारखाना बेच्ने षडयन्त्रलाई सफल हुन दिनेछैनौ : मुख्यमन्त्री राउत

294

जनकपुरधाम । संघिय सरकारका केहि मन्त्रीले जनकपुर चुरोट कारखानालाई बेच्न थालेको आरोप लागिरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेच्ने षडयन्त्रलाई सफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

‘जनकपुर चुरोट कारखानाको परिसर प्रदेश सरकार अन्तरगत रहेको र त्यसको संरक्षणमा सरकार लागेकोछ’ आईतवार जनकपुर टुडेसित उनले भने, प्रदेश सरकारको प्राथमिकतामा चुरोट उत्पादन पर्दैन् ।उनले कृषि सम्बद्ध विभिन्न उद्योगहरुको स्थापना, जिर्ण रहेका वीरगञ्ज कृषि औजार कारखाना लगायतका कृषिजन्य उद्योगहरु सरकारको प्राथमिकतामा रहेको बताए ।

‘कसैको निहितस्वार्थका लागि हालको मधेश भवनलाई बिक्री हुन दिनेछैन् ’मुख्यमन्त्री राउतले भने, तत्कालिन जचुकालि र हालको मधेश भवन प्रदेश सरकारको सम्पति हो ।कसैको निजीस्वार्थपुर्तीका लागि प्रदेशमा कुनै काम हुन नदिने मुख्यमन्त्री राउतले चेतावनी दिए ।

प्रदेश २ मा रहेका विभिन्न उद्योगहरुको सञ्चालनलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले चुरोट उत्पादन गर्ने नाउँमा कारखानाको भूमी बिक्री गर्ने स्वार्थपूर्ती हुन नदिने उनले बताए ।

‘तत्कालिन जचुकालि र वर्तमान मधेश भवन प्रदेश सरकारको सम्पत्ति हो’उनले भने, कसैले खरिद गर्ने चेष्टा गरे त्यस विरुद्ध प्रदेश सरकार सबै प्रकारको लडाई लडनेछ ।

‘कारखाना सञ्चालन गर्ने प्रपञ्च गरी व्यक्तिलाई बिक्री गर्न लागेको उद्योग मन्त्रालयको षडयन्त्र सफल हुन दिने छैनौ’ उनले भने, यस्तो दुष्प्रयासलाई कुनै हालतमा प्रदेश सरकारले सहन गर्न सक्दैन् ।‘संघिय सरकारले चुरोट कारखाना बेच्न गर्ने कुनै प्रयासलाई सफल हुन दिने छैनौ्’मुख्यमन्त्री राउतले भने, चुरोट कारखाना बिक्री गर्ने निर्णयको प्रदेश सरकारले कार्यान्वयन हुन दिने छैन् ।

उद्योग मन्त्री मातृका यादवले चुरोट कारखाना निजी क्षेत्रलाई दिने तयारी गरिरहेको धारणा आईतवार सार्वजनिक गरे लगतै मुख्यमन्त्री राउतले परिसर जोगाउन अग्रसर भएका छन् ।

यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले पनि कारखाना सञ्चालन गरिने बताएका थिए ।नेकपा नेतृत्वको सरकारले प्रदेश २ मा रहेका जग्गाहरु मासिन लागेको आरोप लाग्न थालेको छ ।

उद्योग मन्त्री यादवको कृयाकलापले प्रदेशको राजधानी समेत जनकपुरधामबाट हटने वातावरण बन्न सक्ने संभावना छ ।प्रदेश २ को राजधानी र नामको विषयमा नेकपा प्रष्ट छैन् ।वीरगञ्जलाई राजधानी बनाउने अभियानहरुलाई समेत यसले बल पुग्ने स्थानीय बुद्धिजिवीहरुले बताए ।जनकपुर टुडे