मलेसियामा नेपालीको बेवारिसे लास फेला, परिवार पहिचानको लागि सक्दो सेयर गरि दिन आग्रह

342

मलेशिया  :  मलेशियाको जोहोरबारु राज्यको “गेलाङ पात्ता “भन्ने ठाउँमा २७ january २०१९  आइतबारको दिन अन्दाजी बर्ष ३० भन्दा माथी उमेर भएको एक नेपालीको बाटो छेउमै मृत्यु भएको अवस्थामा लास फेला परेको छ।

मुलतःमलेशियामा जुनै देशबाट काम गर्न आउने बैधानिक कामदारले आफू सङ्ग आफू काम गरेको कम्पनीको को “परिचयपत्र”र आफ्नो पासपोर्टमा मलेशियाको भिसा लागेको “जलान कार्ड ” बोकेको हुन्छ तर लाश सङ्ग कुनै त्यस्तो किसिमको कागज पत्र नभेटेका कारण उस्को नाम थर, बतन काम गरेको कम्पनी को पहिचान हुन सकेको छैन र  अबैधानिक हुन सक्ने शंका लागेको पनि प्रहरीले जानकारी दिएका छन ।

उस्को मृत्यु बास्तबमा के कति कारणले भएको हो खुलेको नभएपनि उस्को शरीरको अवस्था हेरेपछि हर्ट अट्याक को कारण ले मृत्यु हुन सक्ने अनुमान गर्नु भएको छ र उस्को पहिचान खुलाउन को लागि त्यो ठाँउ नजिक नेपाली दाजुभाइ ,दिदिबहिनी र अन्य ब्यक्ति लाई प्रहरी सोधपुछ गरेपनि कसैले त्यो मृत्यु भएको ब्यक्ति लाई नचिनेको बताउनु भयो र अहिलेसम्म उहाँको कुनै आफन्त, साथी भाइ कोई सम्पर्क आको छैन भनेर प्रहरीले जानकारी दिनुभएको छ।

अहिले लास लाई पोस्टमार्ट्न को लागि जोहोर को सुल्तान हस्पिटल मा राखिएको कुरा गेलाङ पात्ता पुलिस स्टेशन बाट Fidaus नामक पुलिस ले “गैर अवाशीय नेपाली संघ” (NRNA) जोहोर शाखा लाई जानकारी गराउनु भयो साथै लाश लाई पहिचान खुलाउनको लागि आवश्यक सहयोग को लागि अनुरोध गर्नु भएको कुरा यश NRNA जोहोर  को सचीव अर्जुन अनुरागी ले जानकारी दिनु भयो साथै अर्जुन अनुरागीले सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी लाई   सहयोगको लागि अपिल गर्नु भो कि यदि कसैले यो मृत्यु भएको ब्यक्ति लाई चिन्नु हुन्छ भने यो नम्बर मा NRNA जोहोर का कार्यवाहक अध्यक्ष हरि बस्नेतको नम्बर= 01164182911 वा सचीव अर्जुन सिहं अनुरागि= 01164182911 जानकारी गर्नुको लागि अनुरोध गर्नु भयो।

      यता मृत्यु भएको ब्यक्तिको नाम,  काम गरेको कम्पनीको ठेगाना र घरपरिवार कुनै पत्ता नचल्दा लासको पोर्स्ट्माटन गर्न ढिलाइ भएको र लासलाई नेपाल  पठाउन को निमित्त आवश्यक कानुनी प्रक्रियामा जान पनि कठिनाइ भैइरहेको प्रती “गेलाङ पात्ता ” प्रहरी चिन्ता ब्यक्त गर्नु भयो।