३ वर्षिया बालिका बलात्कृत

293

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ३ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना २२ वर्षिय युवकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–११ मुर्ली टोल बस्ने ३ वर्षीया बालिकालाई  शनिबार बेलुका करिब ६ बजे बलात्कार गरेको अभियोगमा प्रहरीले सो ही ठाउँ बस्ने  अनिल चौहानलाई पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरेका चौहानले बालिकालाई घर अगाडिबाट नै उठाएर लगेका थिए ।

बालिकालाई अभिभावकहरुले बलात्कृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।राती नै प्रहरीले चौहानलाई पक्राउ गरी आईतवार पीडित बालिका र चौहानको स्वास्थ्य परीक्षण गराएको छ ।