भक्तपुर । देशमा बढदो बेथितिको विरोध गर्दै नेपाल विद्यार्थी संगठन नेपाल इन्जिनियरिङ कलेज इकाई समितिले बुधबार सरकारको पुत्ला जलाएको छ ।
नेविसंघले हाल सरकारले दुई तीहाईको दम्वको भरमा चिकित्सा शिक्षा विधेयक ल्याउनु केवल डा गोविन्द केसीसँगको सहमतिको कुठाराघात मात्र नभई सम्पूर्ण नेपाली जनताको विश्वासमा पनि कुठाराघात भएको तथा ह्वाटवडी विमानमा भएको भ्रष्टाचार, सुन काण्ड अनी निर्मला हत्या काण्डलगायतका काण्डलाई सरकारले लुकाउनु लाजमर्दो भएको भन्दै विद्यार्थी संघले नेक प्राङ्गणमा सरकारको पुत्ला दहन गरेको संगठनका अध्यक्ष क्रान्तिराज पौडेलले जानकारी दिए ।
पुत्ला दहनलाई सम्वोधन गर्दै पौडेलले सरकार दुई तीहाइको दम्वले अपराधिकरण तर्फ गएको आरोप लगाएका थिए । उनले हाल नेविसंघ लगाएतका संगठनले राखेका माग र डा केसीले राखेका माग पुरा नभएसम्म आफूहरु आन्दोलनमा रहि रहने बताएका थिए ।
कार्यक्रममा नेविसंघका नेताहरु कपिल पौडेल, भुवन भट्ट , गुनाकार न्यौपाने,सुर्वण सुवेदी,सचिन पुडासैनी विवेक कार्की लगायतका अन्य सयौं विद्यार्थीको सहभागिता रहेको थियो ।