अमेरिकामा हिन्दूधर्म मान्नेले कमाउँछन् सबैभन्दा धेरै, धेरै पढ्नेहरु पनि हिन्दू

428

अमेरिकामा चार वर्षको विश्वविद्यालय डिग्रीलाई आर्थिक उन्नतिको लागि निकै महत्वपूर्ण मानिन्छ । तर धर्मको हिसाबमा हेर्ने हो भने कलेजको पढाई पूरा गर्ने अलग अलग धर्मको संख्या फरक फरक रहेको छ ।

केही धर्म यस्ता छन् जसलाई अनुसरण गर्ने अरु धर्मकोे तुलनामा कलेजको पढाई पूरा गर्नेको संख्यामा धेरै छन् या उनीहरुले बाजी मारिरहेका छन् ।

अनुभवी शोध कम्पन्नी प्यू रिसर्चका अनुसार कलेजको डिग्री हासिल गर्नेमा हिन्दू धर्मावलम्बी ७७ प्रतिशत छन् । उनीहरु सबैभन्दा धेरै हुन् । त्यसपछि यूनिटरियन युनिर्वलिस्ट ६७ प्रतिशत छन् ।

युनिटरियन युनिवर्सलिस्ट लिबरल हुन् जो सत्य तथा अर्थका लागि मुक्त र जिम्मेवार खोजीमा विश्वास राख्छन् । यी दुई समुदायपछि यहूदी ५९ प्रतिशत, एन्जलिकन चर्च ५९ प्रतिशत तथा एपिस्कोपल चर्च ५६ प्रतिशत रहेका छन् ।

यो नतिजा २०१४ को धार्मिक अध्ययन हो । जसमा शैक्षणिक योग्यताको आधारमा अमेरिकाको ३० धार्मिक समुदायको अध्ययन गरिएको थियो । जसमा अमेरिकामा बसोबास गर्ने विश्वविद्यालयमा अध्ययन गरिरहेका ३५ हजार विद्यार्थीलाई सहभागी गराइएको थियो ।

आर्थिक विकासको मामलामा अमेरिकामा हिन्दू र यहूदी अगाडि छन् । यसका कारण अमेरिकामा पारिवारिक कमाइमा पनि यही दुई समुदाय सबैभन्दा अगाडि छ । अर्थात अमेरिकामा सबैभन्दा धेरै कामाइ गर्नेमा हिन्दू धर्मावलम्बी रहेका छन् ।

सन् २०१४ को अध्ययन अनुसार ४४ प्रतिशत यहूदी तथा ३६ प्रतिशत हिन्दू परिवार यस्ता छन् जसको पारिवारिक कमाइ कम्तिमा पनि १ लाख डलर भन्दा धेरै छ ।

अर्को धार्मिक समूह पनि यस्तो छ जोसँग औषत २७ प्रतिशत भन्दा धेरै डिग्री हासिल गरेका मानिस छन् । जसमा बौद्धिस्ट, प्रेस्बाइटेरियन चर्च(अमेरिका) गरेर ४७ प्रतिशत तथा अर्थोडक्स इसाई ४० प्रतिशत, मुसलमान ३९ प्रतिशत तथा मोरमोस ३३ प्रतिशत रहेका छन् ।

किनकी क्याथोलिक हरेक पाँच मध्ये एक वयस्क छन् यस कारण कलेज डिग्री हासिल गर्ने सदस्यको संख्या २६ प्रतिशत रहेको छ ।

बीबीसीबाट