यस्तो रहेछ भगवान शिवले भाङ, धतुरो र गाँजा खानुको कारण

947

भाङ, धतुरो, गाँजा भगवान शिवको प्रसाद मानिन्छ । यही कारणले शिव भक्तहरुले यसको प्रयोग गर्ने गरेको तर्क गर्छन् ।

शिव भक्तिमा लिन भएर यसको प्रयोग गर्ने शिव भक्तहरुको संख्या धेरै नै छन् भने अन्य नशा प्रयोगकर्ताहरुले पनि शिवको प्रसाद भन्दै भाङ, धतुरा, गाँजाको प्रयोग गर्ने गरेका छन् ।

‘शिवले खान हुने हामीले नहुने ?’ भन्दै नशाको प्रयोग गर्ने गरेका छन् । अब प्रश्न उठ्छ भगवान शिवले यस प्रकारका नशायुक्त पदार्थको सेन किन गरेको होला ? वास्तवमा यसको पछाडि एक कथा लुकेको छ ।

यस्तो छ कथा 

देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निक्लिइरहेको थियो ।

पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रुप धारण गरेर लानुभयो । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक  थियो त्यसको एक थोपाले पनि पृथ्वीमा  ठूलो हानी पु¥याउन सक्थ्यो । सृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो अब समस्या पर्न गयो कि यो विष कसले पिउने ?

यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गर्नुभयो । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्ने सामथ्र्य राख्नुहुन्थ्यो । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिउनुभयो ।

शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले पकड्नुभयो । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।

विष विउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लाग्नु भयो । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।

भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै  शिवको सही अर्थमा आराधना ।