प्रतिपक्षको आवाज दबाउँदा काँग्रेस सडकमा : भक्तपुर काँग्रेस

252

भक्तपुर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं बिरोधसभाका प्रमुख अतिथि सुरेन्द्र पाण्डेले सरकारले प्रतिपक्षेको आवाज दबाउन खोजेकोले सडकमा आउनु परेको बताए । उनले भने , सरकारले संविधान मिच्न खोजेको छ , त्यसको ज्वलन्त उदारण संबैौनिक परिषदको सदस्यको सिफारिस सबैका अघि प्रष्ट छ । त्यस्तै सरकारले बलत्कार हत्या हिंशा जस्ता घट्ना समते पत्ता लगाउन नसकेको र देशका प्रधानमन्त्रीले झुटोको खेती गरिरहेको आरोप लगाए ।

वर्तमान सरकारको पालामा बढि भ्रष्टाचार भएको र सरकार अधिनायक तर्फ उन्मुख भएको उनले बताए । आयोजक नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले वर्तमान सरकारका जनप्रतिनिधि भ्रष्टाचारमा डुवेको र सरकार अधिनायकवाद तर्फ अग्रसर बनेको बताए ।

कार्यक्रममा पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, तीन नं प्रदेशका प्रदशे सभासद रजनि जोन्छे लगाएतले सरकार जनता देखि अत्तालिएर अधिनायकवाद तर्फ अग्रसर भएको आरोप लगाए ।
उनीहरुले निर्मलाको बलत्कारी र हत्यारा हालसम्म पत्ता नलाग्नु दुखद बिषय भएको जिकिर गरे ।

यस्तै नेपाली काँग्रेसले मध्यपुर थिमि नगरपालिका भक्तपुरको संखधर चोकमा शक्ति प्रर्दशन स्वरुप बृहत् बिरोध कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रम आगामी फागुन ३ गते १ बजे हुने र उक्त कार्यक्रमालाई नेपाली काँग्रेसको केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने छन् ।