सभामुख महरालाई मुख्यमन्त्री राउतले भने ‘पार्टीको दलाल’

340

जनकपुरधाम –प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई पार्टीको दलाल भन्दै आलोचना गरेका छन् ।

प्रदेशसभा परिसरमा प्रदेशसभा मूल समारोह समितिले आयोजना गरेको प्रथम वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रतिनिधिसभाका सभामुख महराको यस्तो आलोचना गरेका हुन् ।

प्रदेशसभाका सभामुख सरोज कुमार यादवको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले भने, ‘सभामुख कृष्णबहादुर महरालाई यहाँ पठाएर तालिम दिनु पर्नेसम्मको स्थिति आइसकेको छ ।’

कम से कम पार्टीको हनुमान त बन्नु भएन भनि महराको आलोचना गर्दै उनले भने, ‘सभामुख भनेको पार्टीको कार्यकर्ता, पार्टीको दलाल, पार्टीको गुलाम होइन ।’ महराले सभामुख यादवबाट तालिम लिनु पर्ने उनले दोहोर्याए ।

‘लोकतान्त्रिक विधि र प्रक्रियाबाट सदनलाई कसरी संचालन गर्ने भन्ने कुरा उहाँले हाम्रो सभामुखज्युबाट सिक्नु पर्छ,’ मुख्यमन्त्री राउतले थपे, ‘सभामुख पार्टी र आस्थाबाट माथि उठेर निस्पक्ष भूमिका निर्बाह गर्नु पर्छ ।’