कक्षा ११ को नतिजा सार्वजनिक

674

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले गत पुस महिनामा सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको सोमबार बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षामा १ लाख ४१ हजार ८२५ जना विद्यार्थी सहभागि हुन पाउनेमा १ लाख ३१ हजार ९८८ जना सहभागि भएका थिए ।
जसअनुसार १६ जनाको परीक्षा  रद्द गरिएको छ भने ७ जनाको परीक्षा स्थगित भएको थियो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको एसएमएस सेवा लगायतको माध्यमबाट हेर्न सकिने सूचनामा उल्लेख छ ।