विराटचाेकमा सिद्धेश्वर महादेव मन्दिर गहनाकाे रुपमा परिचित, महाशिवरात्री पर्व भव्य रुपमा मनाईने

261

सुन्दरहरैचा / माेरङकाे सुन्दरहरैचा स्थित विराटचाेकमा रहेकाे सिद्धेश्वर महादेव मन्दिर सुन्दरहरैचा नगरकाे पहिचान तथा गहनाकाे रुपमा परिचित बनेकाे छ । यस मन्दिरमा सामुहिक रुपमा विवाह , उपनयन , पुजा पाठ , भजन किर्तन लगायत विभिन्न पर्व तथा अवसरहरुमा धार्मिक तथा सामाजिक महत्त्वका कार्यक्रमहरु भव्य रुपमा हुने गरेकाे स्थानीयहरु बताउंछन । विगत १५ बर्ष देखि नगरकाे विराटचाेकमा उभिएको यस मन्दिर करिव ४ कठ्ठा जमिनमा फैलिएकाे छ । धर्मप्रेमी महानुभाव तथा दाताहरु बाट यस मन्दिरको निर्माणमा ठुलाे साथ सहयाेग समेत प्राप्त भएको छ ।

सिद्धेश्वर महादेव मन्दिर हिजाेअाज विभिन्न धर्मप्रेमी साधुसन्त महात्माहरुकाे अाश्रम थलाेकाे रुपमा समेत परिचित छ । मन्दिरकाे जग्गा तथा मन्दिरकाे नाममा रहेकाे गुठीलाई डि.स्व.रत्नबहादुर खड्काले दान गरेका थिए । यस नगरमा सिद्धेश्वर महादेव मन्दिरका साथै काली भगवती मन्दिर , भुल्के मन्दिर , शिव मन्दिर , राधाकृष्ण मन्दिर , श्रीकृष्ण प्रणामी मन्दिर लगायत करिव २ दर्जनकाे संङ्खामा मठ ,मन्दिर ,गुम्बा तथा मस्जिदहरुकाे निर्माण भएको साथै यस बाट नगरकाे धार्मिक सद्भभाव तथा समाजिक एकता समेत कायम रहेकाे नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।

सिद्वेश्वर महादेव मन्दिरमा हिन्दु धर्मावलम्बीको महान् चाड महाशिवरात्री पर्व भव्य रुपमा मनाईने भएको छ । यस वर्षकाे फागुन २० गते सोेमवारका दिन महाशिवरात्री परेकाले सो दिन बिहानबाट शिवलाई बेलपत्र, पानी चडाउने, पाठपारायण, भजन किर्तन गरिने अायाेजक तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा भक्तजनको भिडभाड हुने भएकाले सहज रुपमा पुजा गर्नका लागि स्वयम सेवक, सुरक्षाकर्मी परिचालन गरिने छ । नगरकाे १२ वडामा रहेको उक्त सिद्वेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश खड्काको अध्यक्षतामा बसेको बैठले शिवरात्री पर्व भव्यरुपमा मनाउने निर्णय गरेको हो ।

शिवरात्री पर्वका अवसरमा यस वर्ष १२ घण्टे अखण्ड किर्तन गरिने भएको छ । यस्तै धुनी जगाउने, आरती गर्ने तथा बिभित्र साधुसन्तहरुको पनि उपस्थीति रहने समितिका अध्यक्ष खड्काले जानकारी दिए । सिद्वेश्वर महादेब मन्दिर परिसरमा १ करोड भन्दा बढीको लागतमा बहुआयामिक तथा अाकर्षक भवन निर्माण गरिएको छ । उक्त भवन निर्माणका लागि गत वर्ष भव्य रुपमा पुराणको आयोजना गरिएको तथा सो पुराणबाट संकलित रकमले भवन निर्माण गरिएको समितिका सचिव केशव अधिकारीले बताए ।

Purbeli TV

2 Attachments

Source link