ताप्लेजुङ ।
स्थानीय तहले आर्थिक विकास, गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने, जीवनस्तर उकास्ने, रोजगारी बढाउने योजनामा मात्र खर्च गर्नुपर्छ । तर, ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाका पदाधिकारीले डेढ घन्टाको पैदल दूरीमा जाँदा पनि तीन दिनको भ्रमणभत्ता स्वीकृत गराएका छन् । यो गाउँपालिकाले यस वर्ष भ्रमण तथा अनुगमन मूल्यांकन खर्चमा ३३ लाख ७१ हजार खर्च गरेको छ ।
त्यस्तै, सामुदायिक भवन, क्लब भवन, चर्च, गुम्बा निर्माणरमर्मत, खेलकुद मैदानजस्ता योजनामा बढी रकम खर्च गरेको छ । यस्ता १५ वटा अनुत्पादक क्षेत्रका योजनामा १८ लाख ९१ हजार रुपैयाँ खर्च गरेको महालेखा परिक्षकको कार्यालयले पाएको छ ।







































