सन्जिब दुलाल
रोशी । वृहत विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत काभ्रेको रोशी गाउँपालिकामा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रियङका तामाङले जितेकी छन् ।
२८५५ औं फाग सोनाम ल्होछारको शुभ उपलक्ष्य तथा वृहत विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षाका लागि सुरक्षित विद्यालय विशेष अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी श्री चेतना माविकी तामाङले उचालेकी हुन् ।
यस्तै प्रतियोगितामा द्दितिय भने रोशी माविका युजेन लामा तृतिय भिमेश्वर माविका प्रनिल रायमाझी र चौंथो भने भिमेश्वर माविकै चन्दीका रायमाझी र बिन्दबासिनी माविका पुजा वाईबा हुन् सफल भएका थिए ।
काभ्रेको रोशी गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरु माझ भएको उक्त प्रतियोगितामा उनीहरुले आफ्नो प्रस्तुति दिदै विजेता हुन् सफल भएका आयोजक सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपालले जानकारी दिएको छ ।
अन्तर विद्यालय स्तरिय उक्त प्रतियोगितामा प्रत्यक माध्यमिक विद्यायबाट १ छात्र र १ छात्रा गरि दुई विद्यार्थीको सहभागीता रहेको क्याम्पियन संयोजक संगम लामाले जानकारी दिनुभयो ।


उहाँका अनुसार विद्यालय शुरक्षा कार्यक्रम अन्तर्गत आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने प्रतियोगिलाई रु चार हजार बराबरको शैक्षिक सामग्री र प्रमाणपत्र दोस्रोलाई तीन हजार बराबरको शैक्षिक सामग्री प्रमाणपत्र तेस्रो हुनेलाई दुई हजार बराबरको शैक्षिक सामग्री प्रमाणपत्र साथै सान्तोना विजेता दुई जनालाई पुरस्कारका रुपमा एक हजार बराबरको शैक्षिक सामग्री र प्रमाणपत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
रोशी गाउँपालिका वडा नम्वर ७ को रोशी मावि कटुञ्जेमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीहरुलाई रोशी गाउँपालिका उप प्रमुख लक्ष्मी उप्रेती बर्तौलाले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले पुरस्कार दिदै सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुको स्तर उन्नतिका लागि सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपालले गर्दै आएको प्रयास प्रसंसनिय भएको बताउनु भएको थियो ।
यस्तै कार्यक्रममा सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपालका महासचिव गुणराज मुक्तान, रोशी माविका प्रअ विन्दु प्रसाद ढुंगाना लगायत विभिन्न ब्यक्तित्वले विद्यार्थीहरुको स्तर उन्नतिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यकता भएको औलाउनुभएको थियो ।
कार्यक्रममा रोशी गाउँपालिका भित्रका नौ माध्यमिक विद्यालयका १७ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको निर्णयक मण्डलमा भने जित वहादुर लामाले संयोजकत्व गर्नु भएको थियो भने विद्यालय श्रोत ब्यक्ती भिम प्रसाद भट्टराई र रोशी गाउँपालिकाका शिक्षा शाखा प्रतिनिधि जय वहादुर वाईबाले गर्नुभएको थियो । प्रत्यक विद्यार्थीलाई दिईएको विषयवस्तुमा ५ मिनेट प्रस्तुतिकरण गर्न दिईएको थियो ।







































