खोटाङ / नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागाँई निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न युनियनको छैठौं जिल्ला अधिवेसन तथा नवौं साधारणसभामा चौलागाँई अध्यक्षमा चयन भएका हुन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र वस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिव दिपा वस्नेत र कोषाध्यक्षमा खेमराज अधिकारी चयन भएका छन् । अधिवेशनले १५ सदयस्य समिति निर्माण गरेको छ ।
यस्तै, केन्द्रिय पार्षदमा कृष्ण आचार्य, दिलीप खत्री, उजिर कार्की, अमृत गिरी, रविना सुवेदी, मनिषा गिरी चयन भएका छन् । प्रदेश पार्षदमा गोपाल राई, सुनिता राई, अस्विन राउत, सरिता राजभण्डारी, ओजनबाबु आचार्य, समराज राई, तारानाथ फुयल र ईन्द्रकला राई चयन भएका छन् । नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष बद्री शिक्देल र महासचिव अजयबाबु शिवाकोटीको उपस्थितिमा अबिधेशन सम्पन्न भएको हो ।

युनियनको अध्यक्षमा चयन भएका चौलागाँई नेपाल पत्रकार महासंघका जिल्ला सचिव समेत हुन् । झण्डै एक दशकदेखी पत्रकारितामा क्रियाशिल चौलागाँई जिल्लास्थित हलेसी एफएमका पूर्व स्टेशन म्यानेजर तथा प्रभाव न्युज डटकमका संचालक सम्पादक हुन् । चौलागाँई कारोबार राष्ट्रिय दैनिक र न्यूज २४ टेलिभिजनका जिल्ला संवाददाता हुन् ।
दुई पत्रकार पुरस्कृत
नेपाल प्रेस यूनियन खोटाङले दुई पत्रकारलाई पुरस्कृत गरेको छ । यूनियनको छैठौं जिल्ला अधिबेसन तथा नवौं साधारणसभाको अवशरमा पत्रकार सुर्य तामाङ र चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकास निर्माण एबं परिवर्तनका मुद्धालाई सकरात्मक दिशा दिनका लागि खेलेको भूमीकाको कदर गर्दै पत्रकारद्धय तामाङ र शेर्पालाई सम्मान गरिएको प्रेस यूनियनका जिल्ला सभापति दिलीप खत्रीले बताए ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको कार्यक्रममा पत्रकारद्धयलाई खादा ओढाएर जनही तीन हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । रुपाकोट रेडियोका स्टेशन मेनेजर रहेका पत्रकार तामाङ रेडियो नेपाल र समायोजन खबरडटकमका सम्पादक रहेका शेर्पा हिमालयटाइम्स दैनिकमा आवद्ध छन् । पत्रकारद्धयलाई प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल, कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठ लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रमका बक्ताले पार्टी पत्रकारिता गर्नुको सट्टा पत्रकारिताको मूल्या र मान्यता अनुशार पत्रकारिता गर्न आग्रह गरेका छन् ।







































