धरानमा खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता हुने

242

धरान / सामाजिक क्षेत्रमा योगदानसहित खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आएको हराइजन क्लब धरान १७ ले ‘चौथो पुरुष तथा प्रथम महिला हराइजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक हराइजनले शुक्रबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र २ देखि ९ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिएको हो ।

विगतमा पुरुषलाई मात्र सहभागी गराएर बास्केटबल प्रतियोगिता गराउदै आएको हराइजनले यसपटकदेखि भने महिलालाई समेत सहभागी गराउन लागिएको हराइजनका अधयक्ष बसन्त राईले बताउनुभयो । पत्रकार सम्मेलनमा दिएको जानकारी धरान १७ क्षितिज टोलमा रहेको माविको बास्केटबल कोर्टमा आयोजना हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् । पुरुष र महिला खेलाडीलाई उत्साह थप्ने तथा नया खलाडी उत्पादनलाई जोड दिनका लागि प्रतियोगिता आयाजना गर्न लागिएको अधयक्ष राईल बताउनुभयो ।

चार लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा पुरुषतर्फ विजय हुने टिमलाई ३५ हजार र दोस्रो हुने टिमलाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । यसै गरी पहिलो पटक आयोजना भएको महिला प्रतियोगिताबाट विजयी हुने टिमलाई १५ हजार र दोस्रो हुने टिममलाई १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकल जनाएकोे छ । यसैगरी गरी व्यक्तिगततर्फ पनि उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Purbeli TV

Source link